विपीको वाटो कसरी हिँड्ने ?

जनक केसी । साउन ६ गते नेपाली राजनीतिका नायक विपी कोइराला भौतिक रुपमा अवसान भएको दिन । पुर्ण लोकतन्त्र र शसक्त नेपाली काँग्रेस निर्माणका लागि जननायक विपीले नयाँ पुस्तालाइ जिम्मेवारी सुम्पेर गए । विपी एउटा व्यक्ति र नेता मात्र होइनन्, उनी एउटा आन्दोलन हुन् । नेपाली माटो सुहाउँदो लोकतान्त्रिक समाजवादका मष्तिष्क हुन् विपी ।

हाम्रो लोकतान्त्रिक क्रान्तिका कहिल्यै ननिभ्ने दियो हुन् विपी । आज हामी माझ विपी छैनन् । विपीको नेतृत्व छैन । विपीको त्यो अग्लो राजनैतिक कद छैन । विपीको प्रभावशाली व्यक्तित्व छैन । तर ३९ वर्षदेखि विपीले सुम्पिएको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेस पार्टी हामीसँग छ । उनैले जन्माइ दिएको पार्टीका साढे आठलाख क्रियाशील कार्यकर्ता छन् । जनताले आन्दोलनहरुमा काँग्रेसलाइ गरेको अटुट भरोसा छ । विपीले सुरु गरेको लोकतान्त्रिक आन्दोलन छ । त्यतिमात्र होइन, हामीसँग विपीको अवसानपछि उनले दिएर गएको गहन जिम्मेवारी र सुन्दर भविस्य छ ।

पुर्ण लोकतन्त्र र हाम्रो राजनीतिको स्थायी भविस्यका लागि विपी लगाएतका हाम्रा अग्रजहरुसँगै संघर्षको वाटोमा कहिले दौड्द, कहिले हिँड्दै हामीले आठ दशकभन्दा वढी समय विताइ सकेका छौं । यत्रो समय पार गर्ने वेला समेत हामीले न राजनैतिक स्थायित्व निर्माण गर्न सक्यौं, न ऐतिहासिक विरासत जोगाउने वलियो अस्त्र निर्माण गर्न सक्यौं । विपीले भनेजस्तै न प्रजातन्त्रका दुस्मन गरिवी र भ्रष्टाचारकाविरुद्ध गतिलो प्रहार गर्न सक्यौं, न विचारले तिखारिएको जुझारु काँग्रेस वनाउन सक्यौं ।

काँग्रेसको नेतृत्वमा यत्रो अभुतपुर्व जनआन्दोलनले सफलता प्राप्त गर्यो । तर त्योसंगै काँग्रेस ऐतिहासिक संकटका वेला जन विस्वासवाट पर धकेलिन पुग्यो । विचार, संगठन, नीति, रणनीति भन्दा सत्ता र शक्तिको सकुनी चालमा गाउँदेखि केन्द्रसम्मको राजनीति विटुल्याउने कार्यमा नेता कार्यकर्ताहरु अभ्यस्त हुन थाल्यौं । निष्ठा समर्पण लगानी र इमानदारीताको स्थान पार्टी भित्र सुरक्षित गर्ने काममा हामी चुक्न थाल्यौं ।

गणतन्त्र प्राप्तिपछि वामपन्थीहरुले झुट नै भए पनि दरिलो एजेन्डा तयार गरेर आफनो अभियान झकिझकाउ वनाए । तर काँग्रेसले नयाँ विचार र नयाँ एजेन्डा अहिले पनि दिन सकेको छैन । प्रतिष्पर्धात्मक विस्व समुदायका अघि आर्थिक समृद्धिको मोडेल के हो ? समाज परिवर्तनको प्रगतिशील आधार के हो ? काँग्रस नेतृत्वको सत्तावाट अहिलेको अवस्थामा जनताले गर्ने अपेक्षा र विस्वास के हो ? संघीयताको पुर्णकार्यान्वयनपछि काँग्रेसको कार्यभार के हो ? यो कार्यभार कुन साधन प्रयोग गरेर पुरा हुन्छ ?

जनताले काँग्रेसको आर्थिक सामाजिक राजनैतिक परिकल्पनावारे चुलोमा आगो वाल्दै गर्दा, ढोकामा उभिएर आँगनमा वसेर, टोल गाउँ वस्तीहरुमा घुमेर, सहर हुदै देशै भरि भौतारिएर सोध्ने प्रश्नहरु र सवालहरुको चित्त वुज्दो जवाफ के हो ? देशको माया मारेर विदेशी भुमि रोज्ने युवाहरुलाइ यहि देशमा रोक्ने काँग्रेसको उपाया के हो ? यी माथि उठाइएका सवाल र प्रश्न अनि आलोचनाहरुको सहि सम्वोधनका लागि अव काँग्रेसले वैचारिक, राजनैतिक र रणनैतिक रुपमा गर्नुपर्ने के हो भन्नेवारे केहि छलफल गर्न जरुरी छ । पार्टी सत्तामा जानु ठुलो कुरा होइन । यो सत्तालाइ सदुपयोग गरेर पार्टीलाइ दिर्घकालीन हित गर्ने काम गर्नु ठुलो कुरा हो ।

सधंै विपीको नाम घोक्ने घोकाउने, योजना आयोगको कार्यालयमा विपीले देखाएको हलो जोत्ने किशानको तस्वीरको वयान गरेर मात्रै काँग्रेस सवल वनाउन सकिदैन । हिजो चारैतिर प्रतिवन्ध भएको वेलामासमेत काँग्रेसको झन्डा बोक्नेहरु लुकेरै भए पनि गाउँ वस्ती र टोलमा हुने । तर अहिले यति सहज अवस्थामा पनि काँग्रेस कम्जोर हुदै गएको छ । पार्टीमा लोकतान्त्रिकरण प्रक्रिया कमजोर हुदै गएको छ । विचार र सिद्धान्तको वहस स्खलित भएको छ । निष्ठा र समर्पणको राजनीति कमजोर वन्दै गएको छ । काँग्रेस र यसका सवै भातृ तथा भगिनी र शुभेच्छुक सँस्थाहरु आफनो अधिवेसन गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो हाम्रो गौरवपुर्ण इतिहासप्रतिको भद्दा मजाक हो ।

आज वर्षाैंदेखि काँग्रेस बनेर वसेकाहरु, काँग्रेसका लागि वा, आमा, भाइवहिनी दिदी दाइ गुमाएकाहरु, हरेक सजिला अप्ठेरा सवै परिस्थितिमा काँग्रसको साथ नछोडेकाहरु निरास भएका छन् । उनीहरुलाइ सन्तुष्ट पार्ने सुत्र के हो ? काँग्रेसकै कार्यकर्ता र समर्थक जनताहरु काँग्रेसको झन्डा किन समाउने भनेर प्रश्न गर्न थालेका छन् । पार्टीमा लागेका त्यागी समर्पित र सक्षम नेता कार्यकर्ताहरुको सहि मुल्यांकनको आधार खोज्न थालेका छन् । वलियो र गतिशील काँग्रेस निर्माणसँगै विपीले अघि सारिदिएको लोकतान्त्रिक समाजवादको पुर्ण प्रयोग गर्ने ताकत निर्माणको आधार के हो भनेर प्रश्न गर्न थालेका छन् ।


एकतावद्ध पार्टी, शसक्त संगठन, गतिशील पार्टी अभियान र जोशिला नेता कार्यकर्ताहरु परिचालनको प्रभावकारी सुत्र के हो भनेर सोध्न थालेका छन् । पहुँच र पैसाको भरमा पार्टीमा योगदान, भुमिका र लगानी नभएकाहरुको प्रवेश र उनीहरुको पार्टीमा हालीमुहाली रोक्ने उपाय के हो भनेर पनि नेतृत्वसँग सोध्न थालेका छन् । काँग्रेस चारैतिरवाट अस्तित्व, इतिहास संगठन र गतिशीलताका वारेमा प्रश्न, सवाल र आलोचनाहरुले घेरावन्दीमा परिरहेकै वेला १४ महाधिवेसन हुदैछ । महाधिवेसन नयाँ नेतृत्व चयन गर्ने साधन मात्र नभइ विचार, संगठन र सिद्धान्तको पुष्टि गर्ने, नयाँ अभियानको शंखघोष गर्ने, अनि पार्टीलाइ कहाँ लिएर जाने भनेर वाटो तय गर्ने महासंग्राम हो ।

त्यसैले अबको काँग्रेस यहि अवस्थामा रहन्छ कि नयाँ नेतृत्व चयनसँगै आफनो राजनैतिक अभियानमा तेजगति पकड्दै अघि वढ्छ ? १४ औं महाधिवेसनले तय गर्नेछ । यो कुरा महाधिवेनका प्रतिनिधिहरुको विवेक र भुमिकामा भर पर्नेछ । हामीले पार्टीलाई अहिलेकै घाइते अवस्थामा राख्ने या जीर्ण काँग्रेसको पुननिर्माण गरेर अघि वढ्ने ? महाधिवेशनमार्फत नयाँ नेतृत्व निर्माणको चरणमा प्रवेश गर्दै गर्दा देशभरका नेता कार्यकर्ता र शुभचिन्तकहरुले अब सोच्नु पर्दछ ।

कसरी पार्टी र नेतृत्वलाइ विपीको वाटोमा हिँडाउने ? गुम्दै गएको काँग्रेसको साखलाइ कसरी जोगाउने ? भनेर विवेकपुर्ण वहस र मतदान गर्न जरुरी छ । महाधिवेशनकै संघारमा पार्टी अप्रत्यासित रुपले सत्ताको नेतृत्वमा पुगेको छ । सत्ता आरोहणलाइ पार्टीको गुमेको साख फर्काउने अवसरको रुपमा प्रयोग गराउनेतर्फ नेतृत्वले काम गर्न नितान्त आवस्यक छ । योवेला काँग्रेसले प्राप्त गरेको सत्ता गएको निर्वाचनमा वेहोरेको पराजयको पीडा भुल्ने मोह नवनोस् । आगामी दिनका लागि शसक्त योजना र एजेन्डा निर्माणको माध्यम वनाउन नेताहरुको चेत खुलोस् ।

विपीको वाटो भुलेको आरोप काँग्रेसमाथि जुन हिसावले लागेको छ, त्यसलाइ झुट सावित गर्ने दुई वटा सुनौला अवसर अहिले पार्टीसामु आएका छन् । एउटा मुलुक संकटमा परेको वेला सत्ताको नेतृत्व प्राप्ति भएको छ र अर्काे पार्टीको १४औं महाधिवेसन पुरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । यी दुवै अवसरलाइ तार्किक रुपमा उपयोग गरेर पार्टीलाइ नर्या गति र उचाइ दिनेतर्फ वडादेखि केन्द्र सम्मका सवै नेता कार्यकर्ताहरु गम्भिर हुन अति जरुरी छ । विपीले जुन शासन व्यवस्थाको कल्पना गरेका थिए । विपीले जुन पार्टी संगठनको कल्पना गरेका थिए । आज त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो हो ।

पार्टी भित्रका सवै गुटहरु, घातप्रतिघातहरु अनि व्यापार भत्काउने सोच र व्यवहार निर्माणका लागि महाधिवेशनले एउटा गति समात्नुपर्छ । सजिलो होस् या अप्ठेरो । सवै अवस्थामा पार्टीको संगठन खहरे होइन, नदी जस्तै बनाउने गरी उर्जाशील नीति र एजेन्डाहरु तय गर्नुपर्छ ।

पार्टीप्रति नेता कार्यकर्ताहरुमा वढ्दै गएको अल्छीपना, वितृष्णा र निरासा हटाउनका लागि शसक्त कार्यक्रम निर्माण गर्नुपर्छ । उद्योग र उत्पादनमा पार्टीका सम्पुर्ण सदस्यहरुलाई सांगठनिक र व्यक्तिगत रुपमा प्रयोग गर्ने किसिमको कार्यक्रम गर्न सके हामीले कल्पना गरेको जस्तो गतिशील र चलायमान एवम बलियो पार्टी निर्माण हुनसक्छ । यसरी हिँडे या चलेको अवस्थामा नेतृत्व, कार्यकर्ता र शुभचिन्तकहरुले विपीको वाटो भेटाउन सक्छन् । अन्यथा अहिलेकै परिणामले निरन्तरता पाउनसक्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार