यस्तो छ बैंकहरुको नयाँ ब्याजदर, अधिकांशले घटाए ऋणको ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो ।

नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको छ ।

हाल बैंक तथा वित्तिय संस्थामा ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ । यसमा बाणिज्य बैंकको हिस्सा बढी छ । बाणिज्य बैंकहरुको मात्रै ४१ ख्र्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै बाणिज्य बैंकहरुको मात्र ३७ खर्ब ५ अर्ब रहेको छ ।

बैंकहरुको नयाँ ब्याजदर

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १।५१५ देखि अधिकतम ३।५१५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६।५१५ ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतीको ब्याजदर ५।०१५ निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्म बेस रेट ५।७१५ छ । यसमा ७५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८।४९५ देखि ११।५०५ सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज ३।०१५ तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ८५ निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्मको बेस रेट ७।३८५ छ । यसमा न्यूनतम १।५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५।५०५ देखि ७।२५५ र संस्थागत मुद्दती निक्षेपमा ५५ देखि ६।५०५ सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३५ देखि ५५ सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५।५०५ अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १५ देखि ३५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९५ देखि ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३५ र अधिकतम ५५ राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७।३८५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११।४९५ देखि १२।९९५ ब्याज दर निर्धारण गरेको जनाएको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २।५०५ र अधिकतम ४।५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०५ र न्यूनतम ६।५०५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१९५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

एनआइसी एसिया बैंक

साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २।५६५ कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७।५६५ सम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६।७४५ छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २।५०५ देखि अधिकतम ४५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ र न्यूनतम ६५ तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५।८९५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६५ देखि ७।६५५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७।४०५ छ । बैंकले न्यूनतम १०।५०५ देखि अधिकतम ११५ सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

मेगा बैंक

मेगा बैंकले बचत खातामा न्यूनतम २।२५५ देखि अधिकतम ३।५०५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७।२५५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७।०१५ छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २५ र अधिकतम ४५ तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५५ र अधिकतम ब्याजदर ७५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६।७५५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३।५०५ देखि अधिकतम ५५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०५ तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७।४८५ छ । यसमा २५ देखि ५५ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।


माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २।०५५ देखि अधिकतम ४५ सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७।०५५ निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७।०९५ छ । यसमा बैंकले ७५ सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९।८९५ देखि अधिकतम १२।२४५ ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २।५७५ देखि अधिकतम ४५ सम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७।५०५ ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६।७२५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०।५०५ देखि अधिकतम १३।५०५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २।५०५ देखि अधिकतम ४५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५।९८५ छ । यसमा १।५०५ देखि ५५ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९।३५५ देखि १३।९३५ सम्म छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६।५०५ र अधिकतम ७५ सम्म ब्याजदर दिन्छ । बैंकको जेठसम्मको आधार दर ७।०६५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९।९९५ देखि अधिकतम ११।९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २।५५ देखि अधिकतम ४५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७५ सम्म ब्याजदर दिने भएको छ । यता, यसको जेठ महिनामा आधार दर ६।६९५ छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५५ सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८।४९५ देखि अधिकतम ११।४९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २।७६५ र अधिकतम ४।५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।७६५ र न्यूनतम ७।५०५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१४५ रहेको छ । यसमा अधिकतम ६।९९५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३५ र अधिकतम ५५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ र न्यूनतम ७५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।४१५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।२५५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक आफ काठमाण्डू

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २।५०५ र अधिकतम ४५ राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६।५६५ रहेको छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २।५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०५ र न्यूनतम ७।२५५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९।८९५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।९९५ देखि अधिकतम १२।९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ४५ ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७।०१५ ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतीका लागि हो । बैंकको चैत मसान्तसम्मको आधार दर ६।४०५ छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९।९९५ देखि १०।९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २।५५ देखि अधिकतम ४।५५ सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ ५ देखि ६ महिनाभन्दा बढीको हकमा ७।५५ ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८।९५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३।१५५ र अधिकतम ५।१५५ राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।६५५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७।५१५ रहेको छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि १०।५०५ देखि १३५ ब्याज दर निर्धारण गरेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार