कोहलपुरको बन्दामा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव निकाल्दै प्रहरी । तस्बिर साभारः न्यूजनमस्ते

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला ९बन्दा० मा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको ज्यान गएको छ ।

कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का १८ वर्षीय राशिद जसगर, सोही ठाउँका १८ वर्षीय अरमान जसगर र १६ वर्षीय आरिफ जसगर रहेको कोहलपुर प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।

तपाईको प्रतिक्रिया