श्रीमान् पक्राउ परेपछि कहाँ छिन् शिल्पा शेट्टी ?

एजेन्सी । बलिउड नायिका तथा फिटनेस फ्रिक शिल्पा शेट्टी आजकाल रियालिटी शो सुपर डान्सर–४ को निर्णायकमा छिन् ।

श्रीमान् राज कुन्द्रामाथि अश्लील फिल्म बनाएर एपमार्फत् सार्वजनिक गर्ने गरेको आरोप लागेपछि पक्राउ परेपछि शिल्पा शोको सुटिङका लागि पुगिनन् ।

डीएनएको खबरका अनुसार शिल्पाको मंगलबारका लागि सुटिङ शेड्युल थियो तर उनी शुटका लागि गइनन् किनभने सोमबार राती उनका श्रीमान् राजलाई मुम्बईको अपराध शाखाले पक्राउ गर्यो ।

खबरका अनुसार नायिका हाल आफ्नी बहिनी शमिता र आमासँग जुहूस्थित बंगलामा छिन् । शिल्पाको कुरा गर्ने हो भने उनी शो सुपर डान्सरको विषयमा धेरैजसो चर्चामा रहन्छिन् ।

उनको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनी फिल्ममा फिर्ता हुँदैछिन् । उनी फिल्म हंगामा टुमा देखिनेछिन् । यो फिल्ममा परेश रावल र मिजान जाफरी पनि छन् । फिल्मको गीतसमेत रिलिज भइसकेको छ ।

तपाईको प्रतिक्रिया