यसराज र सरिताको ‘आयो तिम्रो राजा’

काठमाडौं । गायक गणेश थापाको स्वर रहेको गीत ‘आयो तिम्रो राजा’ भिडियोसहित सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको आधुनिक गीत डान्सिङ शैलीमा तयार भएको छ । सुवर्णकुमार श्रेष्ठको संगीत रहेको गीतको शब्द सुदन लुईंटेलले कोरेका हुन् ।

भिडियोमा यसराज गराचन र सरिता भारतीको अभिनय रहेको छ । भिडियोमा मोडल मञ्जुला गिरीको पनि अभिनय देख्न सकिन्छ ।


सुवास बुढाथोकीको निर्देशन रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायाँकन रहेको छ । उमेरले ६० पुग्दै गरेका गायक गणेश छिट्टै एल्बम समेत सार्वजनिक गर्ने बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार