सल्यानको बनगाड-११ रैकरमा रहेको भेरि हाइवय होटल भत्किदाँ २ घाइते

दुर्गा विसि ।

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ रैकर नजिकै गंगटेमा रहेको भेरि हाइवय होटल एन्ड लज भत्किएको छ ।

घर भत्किदा होटलमै काम गर्ने रुकुम सानिभेरि गाउँपालिका ८ का वर्ष १३ का युवराज डाँगी र कुमाख गाउँपालिका,२ सल्यानका वर्ष ५० का लिलबहादुर रावत घाइते भएका छन् । घर भासिन थाले पछि सबै घरवाट निकल्न सफल भएकोले अन्य थप मानवियी क्षेतिबाट जोगिएको वालुवासँग्रहीमा रहेको प्रहरी चेकपोस्टले जानकारी दिएको छ ।

३ तले घर भेरि किनारमा रहेको थियो । घरका पिलर भेरि किनार र कच्ची माटो भएकोले घर भासिएको हुन सक्ने जनाएको छ ।दुईताला पुरै भत्किएको छ भने घरका अन्य सबै सामान निकाल्नको लागि जेसिभिको साह्याता लगिएको छ । अन्य मानवियि क्षेति नभएको होटल सञ्चालक विनोद शाहको भनाइ रहेको छ ।

छिन्चु जाजरकोट सडक खण्डको रैकर नजिकै भेरि किनारमा उक्त होटल सञ्चालनमा रहेको थियोे ।घाइते हरुको सुर्खेत मेहलकुना अस्पतालमा उपचार भैरहेको छ ।घटना स्थलमा अहिले प्रहरी नगर प्रमुख गोविन्द कुमार पुन ,वडा अध्यक्ष विरवहादुर वुढा लगाएतको टोलि पुगेको छ ।

तपाईको प्रतिक्रिया