मन्त्रीको टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्‍ने स्थायी कमिटी बैठकमा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ ।

मन्त्रिपरिषद्‌ विस्तार र नयाँ मन्त्रीको नामावलीको बारेमा यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

सोही छलफलपछि माओवादी केन्द्रले आज सरकारमा जाने थप मन्त्रीको टुंगो लगाउन लागेको हो ।

तपाईको प्रतिक्रिया