मध्यमार्गी नेता खोज्दै खड्का समूह थानी पक्षले रेग्मीलाई नै दोहो¥याउने

सुर्खेत । यतिबेला नेपाली काँग्रेसलाई महाधिवेशनको चटारो छ । क्रियाशिल सदस्यता टुङ्गाउनेदेखि उम्मेदवार छनौट गर्न भ्याइनभ्याई छ । उम्मेदवारको टुङ्गो नलाग्दै नेतृत्वका आकाँक्षीाहरु मतदाता फकाउने धौडधुपमा लागि सकेका छन् । नेतृत्वका लागि मतदाता टुङ्गो लाग्ने दिन अर्थात साउन १२ गते आउन केही दिनमात्रै बाँकी रहँदा आकाँक्षीहरुले क्रियाशिल सदस्यलाई आफ्नो पोल्टामा पार्न दौडधुपमा छन् ।

आफू अनुकुलका नेतालाई जिताउन गुट–उपगुटमा नेताहरु क्रियाशिल सदस्यलाई फकाउन व्यस्त छन् । किनकी वडातहदेखि जिल्ला नेतृत्व क्रियाशिल सदस्यबाट निर्वाचित हुने प्रतिनिधिकै हात रहन्छ । केन्द्रमा जस्तै सुर्खेतमा पनि काँग्रेस दुई धारमा विभाजित छ ।

सुर्खेतमा सभापति शेरबहादुर देउवाको नेतृत्व बहालवाला महामन्त्री पूर्णबहादुर खड्काले गर्छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेतृत्व काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी गर्दै आएका छन् । सुर्खेत जिल्लाको नेतृत्वका लागि यसपाली पनि खड्का र थानी पक्षबीच नै आमन्नेसामन्ने हुने पक्कापक्की छ ।
खड्का समूह यसपालीका जसरी पनि जिल्ला नेतृत्व हत्याउने दाउमा छ । जसका लागि खड्का समूहले मध्यमार्गी नेताको खोजी गरिरहेको छ ।

खड्का समूहबाट जिल्ला सभापतिका लागि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, यसअघि दुई पटक जिल्ला सचिवका प्रत्यासी नारायणप्रसाद सापकोटा, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र नं १ (ख) का प्रत्यासी झकबहादुर डाँगी, क्षेत्र नं १ का क्षेत्रीय सभापति खड्क पोखरेल र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी आँकाक्षी छन् ।

उल्लेखित नेतामध्ये मन्त्री बुढा नै सबैभन्दा बलिया उम्मेदवार हुन् । उनी यअसघि पनि सभापतिका प्रत्यासी थिए । उनले तीन मतको अन्तरले मात्रै पराजय बेहोरेका थिए । यहीकारण यसपाली पनि खड्का समूहबाट उनी नै सबैभन्दा बलियो उम्मेद्वार हुन् । अन्य नेताहरु पनि जिल्ला नेतृत्वका लागि कम होइनन् । तर यसपालीका खड्का समूह जसरी पनि सभापति जित्नसक्ने नेतालाई मात्र उम्मेद्वार बनाउने पक्षमा छ ।

‘जिल्ला नेतृत्वका लागि १०/१२ जना आँकाक्षी छन्, तर चुनाव जित्न सक्ने नेतालाई उम्मेद्वार बनाउँछौँ’ खड्का समूहका एक नेताले भने, ‘योपटक हाम्रो समूहबाट मध्यमार्गी नेता नै उम्मेद्वार बन्न सक्छ ।’ खड्का समूह चुनाव जित्ने सक्ने व्यक्तिलाई मात्रै उम्मेद्वार बनाउने पक्षमा छ । जसका लागि खड्का समूहले मध्यमार्गी नेताको खोजी गरिरहेको हो । आँकाक्षीहरु धेरै भए पनि वडाबाट प्रतिनिधि चुनिएपछि मात्रै सहमितमा उम्मेदवारको टुङ्गो लगाउने खड्का समूहले बताएको छ ।

‘सभापतिका आकाँक्षी र त्यागी नेताहरु धेरै छन्’ सभापतिका आकाँक्षी नारायणप्रसाद सापकोटा भन्छन्, ‘वडाबाट प्रतिनिधि चुनिएपछि मात्रै उम्मेदवारको टुङ्गो लाग्छ ।’ खड्का समूहले मध्यमार्गी उम्मेदवार खोजी गरिरहँदा थानी समूह भने बहालवाला सभापति कमजराज रेग्मीलाई नै दोहो¥याउने पक्षमा छ । ‘हामी हालका सभापतिलाई नै दोहो¥याउने पक्षमा छौं’ थानी निकट मोती पौडेल भन्छन्, ‘कमलराज रेग्मी नै सभापतिको उम्मेदवार हुन् ।’

थानी समूहले रेग्मीलाई सभापतिको उम्मेदवार घोषणा गरिसकेको छ । उम्मेदवारको टुङ्गो लागि सकेका कारण रेग्मीसहितको समूह गाउँ दौडाहमा छ । थानी समूहले जिल्ला नेतृत्व यसपाली फुत्कीन नदिने पक्षमा छ । मतदाता (प्रतिनिधि) को दोब्बर बृद्धि भएका कारण यसपाली कसले निर्वाचन जित्छ भनेर आँकलन गर्न सकिने अवस्था छैन । तर थानी समूहले आफ्नो पकडलाई भत्कन नदिन रेग्मीलाई नै दोहो¥याउने दाउमा छ ।

प्रदेश निर्वाचन क्षेत्रमा दुबै समूह बराबरी


प्रदेशसभातर्फ चार निर्वाचन रहेको सुर्खेतमा हालको नेतृत्वमा दुबै समूहको अवस्था बराबरीको अवस्थामा छ । दुबै समूहमा दुई–दुई जना बहालवाला सभापति छन् । थानी समूहमा प्रदेश निर्वाचन क्षेत्र नं १ (क) का सभापति उमलाल पाण्डे र प्रदेश क्षेत्र नं १ (ख) का सभापति केशर वली छन् । प्रदेश क्षेत्र नं २ (क) का सभापति कर्ण बुढा र प्रदेश क्षेत्र नं २ (ख) का सभापति कृपा थापा भने खड्का समूहमा छन् ।

साविक तीन क्षेत्र रहेको सुर्खेतमा कुनै समय क्षेत्र नं १ मा खड्का, क्षेत्र नं २ मा थानी समूहको बाहुल्यता थियो । क्षेत्र नं ३ ले जसलाई सहयोग ग¥यो नेतृत्व उसकै पक्षमा पथ्र्यो । तर अहिले सुर्खेत दुई निर्वाचन क्षेत्रमा सिमिति छ । संघीयतापछि महाधिवेशन नभएका कारण साविक कमिटीहरु सक्रिय छन् । साविक ३ नं निर्वाचन क्षेत्रलाई आधार मान्दा खड्का समूहको पकड देखिन्छ । खड्का समूहका क्षेत्र नम्बर नं १ का सभापति खड्क पोखरेल, क्षेत्र नं। ३ का सभापति लालविर खड्का छन् भने थानी समूहमा क्षेत्र नं। २ का सभापति नारायण कोइराला छन् ।

स्थानीय तहको नेतृत्वमा खड्का समूहको बाहुल्यता

स्थानीय तहको नेतृत्वमा हाल खड्का समूह बलियो देखिएको छ । नौ स्थानीय तहमध्ये आठ स्थानीय तहको सभापति खड्का समूहका छन् । चौकुने गाउँपालिकाका मोहनसिंह थापा, पञ्चपुरी नगरपालिकाका नरेन्द्रबहादुर शाही, बराहताल गाउँपालिकाका तेजबहादुर बस्नेत, वीरेन्द्रनगर नगरपालिकाका देवकुमार सुवेदी, लेकवेशी गाउँपालिकाका प्रतिमान बाकवल मगर, भेरीगंगा नगरपालिकाका स्व। बेदु गिरी, गुर्भाकोट नगरपालिकाका हस्त पुन र सिम्ता गाउँपालिकाका राजेन्द्रकुमार सिंह खड्का समूहका हुन् ।

थानी समूह भने हाल एउटा स्थानीय तहको मात्रै नेतृत्वमा छ । चिङ्गाड गाउँपालिकाका सभापति करसिं रानामात्रै थानी समूहका हुन् । स्थानीय तहको नेतृत्व हेर्दा खड्का समूहले सहजै जित हात पार्ने धेरैको अनुमान छ । तर थानी समूह त्यति कमजोर भने छैन । मतदाता ९भोटर वा जनप्रतितिधि० चुनिने वडामा ७० प्रतिशत आफ्नो पकडमा रहेको थानी समूहको दाबी छ ।

थानी समूहले चिङगाड गाउँपालिका, लेकवेशी र वीरेन्द्रनगर नगरपालिका पकेट क्षेत्र भएको दाबी गर्दछ । उसो त अघिल्लो महाधिवेशनमा यि तीन वटै क्षेत्रबाट खड्का समूहका एकजना पनि प्रतिनिधले निर्वाचन जितेका थिएनन् । धेरै मतदाता रहेको वीरेन्द्रनगर आफ्नो पकड रहेको र जित आफ्नै पोल्टमा पर्ने दाबी यो समूहले गरेको छ ।

खड्का समूहको पकड रहेको क्षेत्र नं। १ मा थानी समूहले जालो फैलाइ सकेको बताउँछ । ‘हामी कुनै समय क्षेत्र नं। १ मा कमजोर थियौँ, अहिले अवस्था फेरिएको छ’ पार्टी सभापति रेग्मी भन्छन्, ‘वडा–वडामा हाम्रो पकड छ, प्रतिनिधि आउने वडाबाटै हो ।’ तर खड्का समूहले भने यसपाली जिल्ला नेतृत्व आफ्नो पक्षमा पर्ने बताउँछन् ।

‘एउटा बाहेक सबै स्थानीय तहको नेतृत्व हाम्रो पक्षमा छ’ खड्का समूहका नेता एवम् सामाजिक विकास मन्त्री विसी भन्छन्, ‘७० प्रतिशत कार्यकर्ताले परिपक्व र जिम्मेवार नेतृत्व खोजेका कारण बहुमत हाम्रो पक्षमा छ ।’ जिल्ला नेतृत्वका लागि आफू परिपक्व र सबैको साझा उम्मेद्वार हुने उनको दाबी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार