११ फरवार्डलाई तलब खुवाउने रियल म्याड्रिडलाई गोल गर्न किन समस्या छ ?

एजेन्सी । रियल म्याड्रिडसँग आगामी सिजनका लागि ११ फरवार्ड छन् । तर स्पष्ट छ, २०२१/२२ को सिजनमा यी सबैले टोलीमा स्थान पाउने छैनन् ।

रोचक कुरा, यति धेरै फरवार्डहरु भएको टोलीको मुख्य समस्या गोल गर्नमा हो । क्रिस्टियानो रोनाल्डो अन्तिम सिजन २०१७/१८ मा रियलले कुल १ सय ४८ गोल गरेको थियो ।

गत सिजन क्लबले ८८ गोल मात्रै गर्नसक्यो । रोनाल्डोले क्लब छाडे यता रियलले एक सिजनमात्रै १ सयभन्दा धेरै गोल गरेको छ । २०१८/१९ को सिजन क्लबले १ सय ८ गोल गरेको थियो ।

एघारवटा फरवार्डलाई तलब खुवाइरहेको रियलले अब कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउन खोजिरहेको छ । करिम बेन्जामामाथि परेको दबाबलाई कम गर्ने उसको प्रयास छ ।

बेन्जामाले पछिल्ला तीन सिजनमा ८७ गोल गरेका छन् । त्यस्तै, मिडफिल्डर कासिमेरो र डिफेन्डर सर्जियो रामोस केही महत्वपूर्ण गोल गर्दै रियललाई खेल जिताएका थिए थिए । यद्यपी, रामोसले क्लब छाडिसकेका छन् ।

अन्य फरवार्डको सघंर्ष

इडेन हाजार्ड पछिल्ला दुई सिजनदेखि चोटका कारण राम्रो खेल्न सकिरहेका छैनन् । मार्को एसेन्सियो पनि चोटको चपेटामा परे । भिनिसियस जुनियरले आफ्नो पूर्ण क्षमता देखाउन सकेका छैनन् ।

रोड्रागोले पर्याप्त समय खेल्नै पाएका छैनन् । टेकफुसा कुबो ऋण अन्य क्लबबाट खेलिरहेका छन् । लुका जोभिक र मारिआनो डियाजको प्रदर्शन गतिलो छैन ।

ग्यारेथ बल गत सिजन ऋणमा टोट्टेनह्याम गएका थिए, उनले त्यहाँ राम्रो खेले । यद्यपी, उनी टोलीको योजनामा पर्दैनन् र यस सिजन क्लब छाड्नसक्छन् । तलब बुझ्ने यी ११ जना फरवार्डमध्ये चार जनाले जर्सी नम्बर पनि पाएका छैनन् । एमबाप्पे रियल आउने तय भएका केही फरवार्डहरुले क्लब छाड्नेछन् ।

यी फ्रान्सेली खेलाडी भने निकै फर्ममा देखिएका छन् । पेरिस सेन्ट जर्माइनका लागि गत सिजन उनले ४७ खेलमा ४२ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया