राजनीतिबाटै समाज रुपान्तरण गर्ने अठोट

समाजमा विभिन्न समस्याहरु छन् । तिनलाई समाधान गर्ने उपायहरु पनि छन् । यसका लागि समाजमा अगुवाइ र नेतृत्व गर्ने व्यक्तिहरु पनि सक्रिय छन् । यस्तै अभियन्ताहरुको सक्रियताबाटै समाजमा रुपान्तरण सम्भव छ । नेपाली समाज अहिले पनि विभिन्न कुसंस्कार र कुरितिबाट ग्रसित छ । त्यसलाई छिचोल्दै समाजलाई अग्रगतिमा लैजान समाजमा विभिन्न व्यक्तिहरुको भूमिका महत्वपूर्ण छ । पछिल्लो समय समाज परिवर्तनको यो अभियानमा महिलाहरुको सक्रियता पनि बढ्दो छ । समाजमा रहेका विभेद र असमानता हटाउन सुर्खेतकी दिपाकुमारी राना पनि सक्रिय छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै रानासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

दिपाकुमारी राना
समाजसेवी

सुखद् बाल्यकाल

बुवा बमबहादुर अधिकारी र आमा पवित्रा अधिकारीको कोखबाट विस २०४२ साल चैत महिनाको २१ गते सुर्खेतको चिङ्खाड गाउँपालिका वडा नम्बर १ रजेनामा दिपाकुमारी रानाको जन्म भएको हो । उनी घरको कान्छी छोरी हुन् । उनको बाल्यकाल सुखले नै वित्यो ।

विद्यालय जाने, साथीहरुसँग खेलेर उनको बाल्यकाल वितेको हो । ठुलो परिवार रहेको उनको घरका सबैले कान्छि छोरी भएरै होला धेरै माया गर्थे । उनले धेरै दुख नै गर्नु परेन । सानो कक्षा गाउँमै पढेकी उनले पढाइलाई धेरै ध्यान दिन्थिन् । कक्षा ५ सम्म उनले नेरामावि काउलेमा पढिन् । कक्षा ६ देखि भने उनले भैरव मावि अवलचिङमा पढिन् । उनी सानैदेखि धेरै नबोल्ने तर सहयोगी स्वभावकी थिइन् । उनको बुवा कृषि कर्म गर्दथे । उनको बाल्यकाल भने कुनै अभाव सृजना भएन ।

विहेपछि रोकिएको पढाइलाई निरन्तरता

दिपाले जब ९ कक्षाको परीक्षा दिइन् । अनि उनको बिवाह भयो । १६ बर्षमै बिवाह गरेकी उनले पढाइलाई भने निरन्तरता दिन पाइनन् । बिवाहपछि उनका छोराछोरी भए । अनि उनले पढाइलाई निरन्तरता दिन नपाएकी हुन् । २०५८ मा ९ कक्षा पास गरेपछि उनको पढाइ करिब १० बर्ष रोकियो ।

उनलाई धेरै पढ्ने इच्छा हुँदा हुँद ैपनि परिस्थिति र समयले गर्दा त्यसो हुन सकेन । छोराछोरी हुर्किएपछि पढाइलाई निरन्तरता दिने उनले सोच बनाइन् । उनका श्रीमान्ले पनि पढाइलाई निरन्तरता दिनुपर्ने भन्दै १० बर्षपछि उनले १० कक्षामा भर्ना भइन् । २०६९ सालमा उनले एसएलसी पास गरिन् । उनले भैरव माविबाटै एसएलसी पास गरिन् । उनले प्लसटु पनि २०७१ सालमा त्यही विद्यालयबाट गरिन् । घरको जिम्मेवारी पुरा गर्दै पढ्दै गरेकी उनले समाजसेवामा पनि रुचि राख्थिन् ।

समाजसेवी बन्ने लक्ष्य


उनले सानैमा गाउँमा महिलाहरु घरमै सुत्केरी हुनुपर्ने बाध्यतालाई परिवर्तन गर्न चाहान्थिन् । सानोतिनो औषधी नपाउने गाउँको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने उनी सोच्थिन् । स्वास्थ्य क्षेत्रबाट समाजसेवा गर्ने उनको लक्ष्य थियो । तर उनले त्यो लक्ष्य पुरा गर्न सकिनन् ।

घरको जिम्मेवारीसँगै अन्य परिस्थितिका कारण उनले सोचेको पुरा नभएपछि उनले सामाजिक रुपान्तरणको अभियानमा सहभागी हुन थालिन् । गाउँमा हुने विभिन्न सचेतनामुलक कार्यक्रमहरुमा उनी सहभागि हुन थालिन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका विभिन्न कार्यमा सहभागी भएपछि उनले समाजका विभिन्न समस्याहरु प्हिचान गर्न थालिन् ।

राजनितिमा प्रवेश

उनका ससुराबुवा राजनीतिमा सक्रिय थिए । उनको घरपरिवार नै राजनितिक पृष्ठभुमिको थियो । उनी समाजका सबै कुरा बुझ्न सक्ने भन्दै उनको घरपरिवारले सामाजिक काममा लाग्न प्रेरित गर्थे । यसैले गर्दा दिपालाई राजनीतिबाट समाजसेवा गर्छु भन्ने लाग्न थाल्यो । राजनीतिमै लागेर पछाडी पारिएका समुदायलाई अगाडी ल्याउछु भन्ने इच्छा प्रकट भयो ।

घरमा पनि उनलाई सामाजिक क्षेत्रमा काम गर्न साथ थियो । उनी विद्यालय व्यवस्थापन समितिको सदस्य, नमुना कृषि सहकारीको सचिव हुँदै नेकपा एमालेको सक्रिय सदस्यमा रहिन् । २०७४ स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट चिङ्खाड गाउँपालिकाको उपाध्यक्षमासमेत उनी उम्मेदवार बनिन् । तर झिनो मतले पराजित हुन पुगिन् । अहिले पनि उनी राजनितिमा सक्रिय छन् । उनले समाजमा रहेको महिला पुरुष माथीको विभेद र अन्य रुपान्तरणका काम गर्नुपर्छ भनेर वकालत गर्ने गर्छिन् ।

जीवनमा संघर्ष

माइतीमा हुँदा त्यती दुख नगरेकी दिपाले आर्थिक समस्या भोग्नु नपरे पनि अन्य काममा भने धेरै संघर्ष गर्नुपर्यो । उनका श्रीमान् पनि पढ्दै थिए । घरको जिम्मेवारी भने सबै पुरा गर्नुपर्ने उनिहरुको काँधमा थियो । एकातिर छोराछोरीको स्याहार सुसार गर्नुपर्ने, अर्कोतिर सामाजिक काम र पढाईलाई निरन्तरता दिनुपर्ने थियो ।

सामाजिक क्षेत्रमा पनि उनी सक्रिय भएर लागेकी थिइन् । सानोमा दुखको केही अनुभुती नभए पनि धेरै संघर्ष गरिन् । तर संघर्षबाट उनि कहिले पछाडी हटिनन् । जीवनमा संघर्षमय नबनाए सफल हुन नसकिने उनको भनाइ छ । उनले सफलता प्राप्त गर्न अझै संघर्ष गर्न बाँकी रहेको बताउँछिन् ।

अबको योजना

सामाजिक क्षेत्रमै लागेर समाजसेवा गर्ने योजना छ । महिला र पुरुषबिचमा हुने विभेद अझै कायम रहेको हुँदा यसलाई अन्त्य गर्न प्रयत्न गर्ने उनको योजना छ । यसको समाधानमा उनि अगाडी बढ्न चाहन्छिन् । राजनीतिक चेतना नहुँदा महिलाहरु पछाडी रहेको उनको बुझाई छ । महिलाहरुलाई चेतनशिल बनाएर समानतामुलक समाजको परिकल्पना उनको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार