शिक्षकको लोभलाग्दो फलफुल खेती

मुगु । खत्याड गाँउपालिका—१० ह्यागुल गाँउमा रहेको महाकाली माविका शिक्षक हुन् चन्द्रबहादुर रोकाया । उनी उमेरले ५० बर्ष पुगे । तर उनको जाँगर लोभलाग्दो छ । उनी विद्यालयमा विद्यार्थी पढाउन जान्छन् । अनि विहान र बेलुकीको समयमा तरकारी बारीमा भेटिन्छन् ।

गाँउमा उनले व्यवसायीक अनार तथा तरकारी खेती गर्दै आएका छन् । आफ्नो सात हजार बर्ग क्षेत्रफलमा फैलिएको जग्गामा व्यवसाहिक अनार, केरा, कागती लगायतका फलफुल सहित तराकारी खेती गरिरहेका छन् । साथमा उनले पशुपालन पनि गर्दै आएका छन् । नमूना शिक्षकको रुपमा चिनिएका उनी हिजोआज नमूना किसानको रुपमा परिचित हुन थालेका हुन् ।

दिनभर विद्यालयमा व्यस्त हुने रोकाया पछिल्लो पाँच बर्ष यता फलफुल खेतीमा रमाएका छन् । अहिले उनको जग्गामा फल दिने दुई सय ५० वटा अनारको विरुवा छन् । नर्सरीमा दुई हजारभन्दा बढी अनारका बिरुवा छन् । स्थानीय जातका केरा र कागतीले पनी फल दिएका छन् ।

परीक्षणका लागी आँप, लिची, अगुंर, डा्रगन, उखु, किबीसमेत रोपेका छन् । संगै कुखुरा, बाख्रा र भैसीसमेत पालेका रोकायाले तरकारी तथा फलफुलले बजार नपाउँदा भने दुख लागेको सुनाए ।
उनलाई पत्नी मनरुपाले सहयोग गर्दै आएकी छन् । फलफल र तरकारी बिक्री नहुँदा आफन्त र गाँउलेलाई बाँड्ने गरेको मनरुपाले बताइन् ।

यो बर्ष अनारबाट दुई लाख ५० हजार सम्म आम्दानी हुने अनुमान छ । यो व्यवासयमा दुई जनालाई रोजगारसमेत रोकायाले दिएका छन् । उनीहरुले विरुवा काँटछाँटदेखि गोडमेल गर्ने गरेका छन् । यो ब्यवसायमा संलग्न ब्यक्तिहरु गाँउ नजिकै कृषि ब्यवासयमा रोजगार पाउदा खुशि भएको बताउछन् ।

सात हजार बर्ग क्षेत्रफमा ब्यवसायीक फलफुल खेती गरेका रोकायाले यो स्थान जिल्लाको अन्य क्षेत्रभन्दा गर्मि हुने भएकाले परीक्षणकालागी यो बर्षबाट तराईमा फल्ने अन्य जातका फलफुलका बिरुवा समेत रोप्ने योजना सुनाए ।

 

तपाईको प्रतिक्रिया