विपन्न विद्यार्थीलाई बर्षभरी पुग्ने शैक्षिक सामग्री

सुर्खेत । गुर्भाकोट नगरपालिका–१४ मा रहेको जनसंयुक्त आधारभुत विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वीरेन्द्रनगरका रमेशबिक्रम हमाल लगायतको युवाहरुले शैक्षिक सामग्री वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत ६४ जना विपन्न समुदायका विद्यार्थीलाई बर्षदिन पुग्नेगरी शैक्षिक सामग्री वितरण गरिएको हमालले बताए । उनका अनुसार प्रतिविद्यार्थी २० वटा कपी, १० वटा मेन, पाँचवटा पेन्सील र कलर पेन्सिल वितरण गरिएको हो ।

त्यस्तै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको लागि विद्यालयलाई चारथान ब्याडमिन्टन सेट, चारथान चेस, टेबल ग्लोब ६० पिस, तीनथान बलिबल लगायतका शैक्षिक सामग्री पनि वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया