विकासको बाधक नबन

चीलगाडी अर्थात हवाई सेवा । यात्राका लागि एउटा भरपर्दाे यातायात हो । छोटो समयमै गन्तव्यमा पुग्ने र आरामदायी यात्राका लागि उपयुक्त माध्यम हो । आर्थिक रुपले सम्पन्न नागरिकका लागि यातायातको लोकप्रिय साधन हो ।

कर्णाली जस्तो भौगोलिक विकटता र सडकको पहुँच नपुगेका जिल्लाको लागि हवाई सेवा यातायातको एकमात्र विकल्प हो । विडम्बना हवाई सेवाका लागि पनि कर्णालीमा सहज छैन । कर्णालीमा हालसम्म पनि ठूला र सुविधा सम्पन्न विमानस्थहरु छैन ।

यही कारण ठूला जहाजहरु कर्णालीमा आउँदैनन् । साना विमानले पनि दिनमा मात्रै सेवा दिँदै आएका छन् । प्रदेशको राजधानी वीरेन्द्रनगरमा समेत सुविधा सम्पन्न विमानस्थल छैन । परिणामत : रातीको समयमा आपतकालीन हवाई उडान गर्न सकिदैन । ठूला जहाजका लागि विमास्थल नभएकै कारण कर्णालीवासीले महगों माडादरमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

यही समस्यालाई मध्यनगर गर्दै कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तार गर्ने योजना ल्याएको छ । दुर्भाग्य प्रभावित क्षेत्रका स्थानीय र केही राजनीतिक दलहरुको असहमतिका कारण यो आयोजना चालु आर्थिक बर्षमा अगाडि बढ्न सकेन ।

विमानस्थल विस्तारमा केही दलहरुले राजनीतिक पूर्वाग्रह राखे । विपक्षले गर्न थालेको विकासलाई केही व्यक्तिहरु सहमत भएनन् । विकासलाई राजनीतिक दाउमा राखे । विमानस्थल विस्तार भएको खण्डमा ति नेताहरुलाई मतदाताहरु भाँडिने त्रास बढ्यो ।

मतदाताहरु भाँडिदा राजनीतिक भविष्य सकिने आंकलन गरे । जिम्मेवार नेताहरुले विकासमा राजनीति गरे । यही कारण सुर्खेत विमानस्थल विस्तार आयोजनाले चालु आर्थिक बर्षमा गति लिन सकेन । आयोजनाका लागि प्रदेश र केन्द्र सरकारले छुट्याएको एक अर्ब बजेट फ्रिज भयो ।

विमानस्थल विस्तार नहुँदा प्रत्येक्ष असर कर्णालीका १७ लाख नागरिकमा प¥यो । सस्तो भाडादरमा ठूला जहाजमा यात्रा गर्ने सपना छिट्टै साकार हुन सकेन । केही नेताका कारण सिंगो कर्णाली प्रदेश नै रात्रीकालीन हवाई सेवाबाट बन्चित भयो । विकासको लागि आएको बजेट फ्रिज गयो । तर अब भने कर्णालीवासी चुप लाग्नु हुँदैन ।

विमानस्थल विस्तारका लागि उपयुक्त विकल्प खोजिनु पर्दछ । प्रभावित क्षेत्रका स्थानीयलाई उचित राहत र पुनस्र्थापनाको ग्यारेन्टि गरेर विमानास्थल विस्तार गरिनु पर्दछ । विकासको नाममा नागरिकलाई विस्थापिन गर्नु हुँदैन । बरु विकासले स्थानीयले भरपूर रुपमा फाइदा पाउनुपर्दछ । तर उचित पुनस्र्थापनाको ग्यारेन्टि भएमा स्थानीयहरु विकासको बाधक बन्नु पनि हुँदैन ।

तसर्थ सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा पनि प्रभावितलाई सरकारले उचित क्षतिपूर्ति देऊ । स्थानीयलाई पुनस्र्थापनाको ग्यारेन्टि गर । स्थानीयले पनि विमानस्थल विस्तारको निकास देऊ । आयोजना सफल पार्न स्थानीय, प्रदेश र केन्द्र सरकारबीच सहकार्य गर । विमानस्थल विस्तारलाई सहज बनाउन सबै दलहरुले हातेमालो गर । कर्णालीको गौरवको आयोजनालाई सफल पहल गर । तर यो वा त्यो बाहानामा विकासको बाधक नबन ।

तपाईको प्रतिक्रिया