काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्न लागिरहेका नेता भीम आर्चायले गुटको निर्णय खारेज गर्दै कमजोरीहरू सच्चाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनले सामाजि सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यतिबेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको छ। २०६२÷६३ को जनक्रान्तिले ल्याएका उपलब्धि हरु संकटमा परेका छन् ।’
अहिले नेकपा एमालेभित्र घात प्रतिघात, गुट उपगुट, विश्वास अविस्वास, कार्वाही प्रतिकार्वाहि, समर्थन विरोध जस्ता कृयाकलाप भइरहेको उनले बताएका छन् । आार्यले गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधि नै पार्टीभित्रको विवादको कारण भएको दावी गरेक छन् ।
उनले नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउन लाग्नुपर्ने सुझाव दिएका छन्। यस्तै, सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उनले धारणा राखेका छन्।
आचार्यका ६ बुँदे सुझाव
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्वभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु वैध घोषणा गर्नु पर्दछ ।
(३) पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिवद्धता आवश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टी लाई विधि विधान र स्थापित मान्यताहरुको आधारमा सञ्चालन गर्नु पर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्दछ।
युग संवाददाता । । ८ असार २०७८, मंगलवार १२:२४