जनमोर्चाका निलम्बित प्रदेश सभा सांसद थापाको रिट न्यायाधीश मल्लको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्यबाट दोस्रोपटक निलम्बित राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुर्नबहालीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् ।

थापाको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी तोकेर सुनुवाइ शुरु भएको छ । उनले आफूलाई प्रदेशसभाबाट हटाइएको भन्दै आइतबार दोस्रो पटक रिट दायर गरेका थिए । सर्वोच्चको आदेशमा थापा पदमा बहाल रहेपछि जनमोर्चाले दोस्रो पटक कारबाही गरेको थियो ।

जेठ ३१ गते सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको थियो । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको थियो ।

तपाईको प्रतिक्रिया