राउटे समुदायलाई सिम्ता गाउँपालिका अध्यक्ष केसिले वितरण गरे लत्ताकपडा

सुर्खेत । फिरन्ते जिवन विताइरहेका राउटे समुदायलाई सिम्ता गाउँपालिकाको सहयोगमा कपडा वितरण गरिएको छ ।

हाल गुर्भाकोट नगरपालिका वडा ९ मा अस्थायी रुपमा बस्दै आएका राउटेहरुलाई सिम्ता गाउँपालिकाको सहयोग एवं गैरसरकारी संस्था महासंघ सुर्खेत र कोरोना प्रतिकार्य समूह कर्णाली प्रदेश समितिको समन्वयमा लगाउने र अन्य सुत्ने समयमा प्रयोग हुने कपडा वितरण गरिएको जनाएको छ ।

राउटे समुदायका सबैजनालाई एक एक थान पुग्नेगरी लगाउने सुत्ने समयमा प्रयोग हुने कपडा हस्तान्तरण गरिएको गैसस महासंघ सुर्खेतका अध्यक्ष एवं कोरोना प्रतिकार्य समूहका संयोजक घनश्याम केसीले जानकारी दिए ।

फिरन्ते जिवन विताइरहेका राउटेहरुलाई लगातारको झरीले समस्या परेको खबर पाएपछि कपडा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए ।
१ सय ४६ जनालाई कपडा वितरण गरेको केसिको भनाइ रहेको छ ।

उक्त अवसरमा राउटे अभियान्ता सत्वदेवि खड्का,वडा अध्यक्ष शशीराम भट्टराई लगाइतका व्यक्तिहरुको उपस्थिति रहेको थियोे । राउटेहरु अवको एक दुई दिन भित्र सल्यानको काल्चे कालिमाटी तर्फ वसाइसर्ने तयारीमा रहेका खबर छ ।

तपाईको प्रतिक्रिया