प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु

दाङ । प्युठानको भिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार वसन्तबहादुर केसीका छोरा यमनको सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर घाइते भएको थिए । उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया