सुर्खेत । पूर्व सञ्चार राज्यमन्त्री तथा संविधान सभा सदस्य समेत रहेका नेपाली काँग्रेस सुर्खेतका नेता तप्त विष्टको उपचारकाे क्रममा निधन भएको हाे ।
कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको मेडीसिटी अस्पतालमा आज बिहान उनको निधन भएको विष्टका भाई दल विष्टले जानकारी दिए ।
उनकाअनुसार सुर्खेतमाभन्दा काठमाडौं लगिएपछि अवस्था झन जटिल बनेको र उपचारकै क्रममा आज बिहान पाँच बजे निधन भएको हो ।
पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री पनि हुन् । विष्ट नेपाली काँग्रेस सुर्खेतका पूर्व पार्टी सभापति र पूर्व जिल्ला विकास समितिका उप सभापति समेत हुन् ।
युग संवाददाता । । ६ असार २०७८, आईतवार ०९:१४