सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक बर्षको बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दाबी गरेका छन् । देखाउनका लागि नभई कार्यान्वयन गर्ने उद्देश्यले बजेट ल्याएको उनको दाबी छ ।
‘यो बजेट सुनाउन र देखाउनका लागि ल्याइएको होइन’ मन्त्री शर्माले भने, ‘सरकारले आगामी आर्थिक बर्षको बजेट शतप्रतिशत कार्यान्वयन गर्ने क्षमता राख्छ ।’ शतप्रतिशत बजेट कार्यान्वयन गर्ने उद्देश्यले असार साउनमा संयन्त्र बनाउने र असोजकोदेखि कार्यान्वयनमा लैजाने उनको दाबी छ ।
उत्पादनलाई प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७८÷०७९ को बजेट ल्याएको बताए । प्रत्येक घरमा स्वरोजगार बनाउने उद्देश्यले व्याजअनुदान दिन एकअर्ब बजेट छुट्याएको बताए । जसमा दुधको समस्या रहेको हिमाली जिल्लामाप्रति लिटर १० र अन्य पहाडी जिल्लामा तीन रुपैयाँ अनुदान दिने कार्यक्रम अघि सारेको जानकारी दिए ।
कृषि उद्योगलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने, पाँच रोपनीभन्दाबढि जग्गामा तरकारी खेति, एकसयभन्दा बढि फलफुलका विरुवा लगाएका कृषकलाई ५० हजार अनुदान, घुम्ति गोठ सञ्चालन गर्ने, भेडा च्याङ्ग्रा पालक कृषकलाई बार्षिक १२ हजार अनुदान र ठूला सिचाई आयोजना बजेटको प्राथमिकतामा परेको जनाए ।
नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले प्राविधिक धारका विद्यालय, सहिद परिवार तथा अपाङ नागरिकलाई जीवन निर्वाह भक्ता, सहिद परिवारका सन्ततिका लागि निशुल्क उच्च शिक्षा, सहुलियत ऋण कर्जा कार्यक्रम, सामाजिक रुपान्तरणका लागि जातिय छुवाछुत र छाउविरुको कुसंस्कार अन्त्यका लागि किशोरी क्लव कार्यक्रम, जडिबुटी प्रशोधन उद्योग जस्ता आयोजनाहरु अगाडी सारको दाबी गरे ।
युग संवाददाता । । ५ असार २०७८, शनिबार ११:१५