‘अबको आवश्यकता प्राविधि शिक्षा’

सुर्खेत । अबको शिक्षा प्रर्णाली व्यवहारिक र सर्वसुलभ हुनुपर्नेमा सरोवारवालाहरु जोड दिएका छन् । युनेस्कोको समन्वयमा कर्णाली फाउण्डेसनले वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने कार्याशालामा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले कर्णालीको शैक्षिक गुणस्तर सुधार्न र दक्ष जनशक्ति उत्पादनका लागि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । कर्णालीको शैक्षिक गुणस्तर सुधार्नकै लागि प्रदेश सरकारले एक स्थानीय तह, एक नमूना विद्यालय, एक जिल्ला–एक प्राविधिक शिक्षालय, प्राविधिकमा छात्रबृत्ति कार्यक्रम, छोरी बुहारी छात्रबृत्ति, दुर्गमा आवाशिय विद्यालय जस्ता कार्यक्रमहरु ल्याएको बताए ।

त्यस्तै सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले अबको शिक्षा व्यावहारिक र सर्वसुलभ हुनुपर्ने बताईन् । त्यस्तै सांसद ठम्मर विष्टले शिक्षालाई सर्वसुलव र सबैको पहुँचमा पु¥याउनुपर्ने धारणा राखे । उनले शिक्षाको नाममा भइरहेको लुटतन्त्रको अन्त्य नहुँदासम्म शिक्षा सर्वसुलभ सबैको पहुँचमा पुग्न नसक्ने धारणा राखे ।

त्यस्तै सीटीईभीटी कर्णाली प्रदेश कार्यालयका प्रमुख प्रेम बास्कोटाले अबको शिक्षा समय सुहाउँदो र प्राविधिक धारको हुनुपर्ने बताए । मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले कर्णालीको शैक्षिक क्षेत्रमा देखिने विभिन्न चुनौतीहरुको कारण दिगो विकासको लक्ष्य पुरा गर्न गाह्रो देखिएको बताए । कर्णाली फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया