कलाकार मनोज गजुरेल बने पर्यटन सद्भाव दूत ‘सिरिजङ्गाको छोरो’

काठमाडौं  । हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत सिरिजङगाको छोरो घोषणा गरेको हो ।

पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् । सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्ञापन गर्नुका साथै शुभकामना समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया