तत्काल राजीनामा दिन कर्णालीका तीन मन्त्रीलाई एमालेको निर्देशन

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरुलाई पदबाट राजीनामा दिनुपर्ने निर्देशन दिएको छ ।

आज शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

तीन जना वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया