अष्ट्रियालाई हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा

एजेन्सी । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।​

नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे ।

समूह ‘सी’ को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ। यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३-३ अङ्क छ ।

अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ।

तपाईको प्रतिक्रिया