एमालेको वीरेन्द्रनगरमा समानान्तर कमिटी

सुर्खेत । नेकपा एमालेको वीरेन्द्रनगरमा समानान्तर कमिटी गठन भएको छ । माधव नेपाल–झलनाथ खनाल समूहको नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटी गठन गरिएको हो ।

वीरेन्द्रनगर–१२ का वडा अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य लोकप्रसाद चालिसेको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा वीर बहादुर रावत, सचिवमा सुरेन्द्र विसी र उपसचिवमा लक्ष्मी ज्ञावलीले जिम्मेवारी पाएका छन् ।

नेकपा एमाले समानान्तर कर्णाली प्रदेश कमिटीमा सुर्खेतबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारीको उपस्थितिमा जिल्ला कमिटीका अध्यक्ष मोहनसिं बडुवालको अध्यक्षतामा भएकाले बैठकले नगर कमिटी घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया