सल्यान पश्चिमसँगै सिम्ता क्षेत्रमा सञ्चार विच्छेद

दुर्गा विसि

सल्यान : अविरल परेको भारि वर्षाका कारण सल्यान पश्चिमसँगै सिम्ता क्षेत्रमा फोन सेवा अवरुद्ध भएको छ ।विद्युत अवरुद्धसँगै फोन,ईन्टरनेट सेवा समेत प्रभावित भएको छ ।फोन सेवा अवरुद्ध हुदा गाउँ वस्तिसँग सम्पर्क टुटेको छ ।

पहिल्यै नै यश क्षेत्रमा तेति राम्रो मोवाइल नेटवर्किङ नभएता पनि भारि वर्षाका कारण फोन सेवा अवरुद्ध भएको छ ।लगातारको वर्षाका कारण कुन टावरमा खराबी छ भन्ने कुरा नेपाल टेलिकमलाई समेत अतोपतो छैन । स्काई,नमस्ते,ईन्टरनेट फाइबर सेवा समेत बन्द रहेको छ ।

टेलिकमले टावरहरुमा सोलार व्याट्रीको पावरको कन्नेक्सन अपुग भएका कारण समस्या हुन सकेको जनाएको छ । उच्च भुभागमा रहेका लेकहरुमा सोलार प्यानलबाट ती टावरले काम गरिरहेका छन् । धेरै लामो समय घाम नभए वद्लि र भारि वर्षाले समस्य उत्पन्न भएको नेपाल दुर सञ्चार प्राधिकरण कर्णाली प्रदेश कार्यालयको भनाइ रहेको छ । विहिवार सम्ममा सेवा सुचारु हुने जनाएको छ ।

कहाँ के खराबी रह्यो भने कुराका चेकजाँचको लागि प्राविधिक टोलि फिल्ड पठाइ सकेको र भारि वर्षाका कारण केही कठिनाइ भएको जनाएको छ । ३ दिन पछि विद्युत सेवा सुचारु भए पनि फोन सेवा चाहिँ सुचारु हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया