नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकारको प्रेम चर्चा गतबर्षदेखि चलेको हो । गतबर्ष एक अवार्ड शोमा एकसाथ पुगेपछि उनीहरु प्रेममा रहेको खबर सार्वजनिक भएको थियो । नम्रता र सारुकले यसलाई औपचारिक रुपमा स्विकार भने गरेका छैनन् ।
तर, उनीहरुको निकटता र एक अर्कालाई गर्ने व्यवहारबाट उनीहरु प्रेममा रहेको कुरा लुकेको छैन । नायिका नम्रता श्रेष्ठ मिडियासँग आफ्नो प्रेमको बिषयमा खुलेरै कुरा त गर्दिनन् । तर, उनले प्रेम लुकाउने पनि गरेकी छैनन् । चलचित्र क्षेत्रमा स्थापित भैसकेकी नम्रता र चलचित्र क्षेत्रमा स्थापित हुने दौडमा रहेका सारुकको प्रेम चर्चाले चलचित्र क्षेत्र पनि तरंगित नै छ ।
उनै, नायिका श्रेष्ठको जन्मदिनमा सारुकले उनलाई प्रेरणाको श्रोत भनेका छन् । नम्रताको जन्मदिन भन्दा एक दिन ढिलो शुभकामना व्यक्त गर्दै सारुकले ‘तिमी वास्तविक प्रेरणा’ हौं भनेका छन् ।
नम्रतालाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि प्रेरणाको श्रोत रहेको भन्दै जन्मदिनको शुभकामना दिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा थुप्रै उतारचढाव भोगेकी नम्रतालाई प्रेरणाको श्रोत मान्नेहरु धेरै छन् ।
युग संवाददाता । । २ असार २०७८, बुधबार १५:००