घुँयत्राे : प्रदेश सरकार खाईनखाई रात साँझ गरेर भएनि प्रदेशको बजेट ल्याउन जुट्याछ

ऐले प्रदेश सरकार खाईनखाई रात साँझ गरेर भएनि प्रदेशको बजेट ल्याउन जुट्याछ । सभासदहरु आफ्नोजिल्लाँ बजेट पार्न घामपानी नभनेर दौडादौड गरेकै छन । हिजो आँफु सत्ताँ हुँदा बजेट भन्या कुन चरीको नामहो भन्ने सरोकारसम्म नराख्ने नेतारुनि चुनाउका कारण बजेट चाइयो भनेर सरकारलाईमागपत्र तेर्स्याएर फोटो खिच्या देख्खियो । करनालियाँ विगत ३ बर्षदेखि त्यै सरकारले बजेट ल्याछ र ऐल्या सरकारनि त्यै सरकारहो ।

विगताँ शाहि सरकारले ल्या बजेटले काँनिर के वन्याछ र अबका दिनाँ बन्ला र सभासदहरु बजेट हाल्न उछिना उछिन गर्या हुन कुन्नि । वितेका वर्षाँ मन्त्री बन्या नेताजस्ता अब्बल दर्जा नेता अब करनालिले पाउनै मुस्किलछ । बजेट भन्या केहो र कसरी खर्च गर्न परछ भन्ने कुरा कि त तिनैबाट सिक्न पर्यो ।

बाख्राँ बजेट हाल्यो बाख्रा नकिनेरै झ्याप,भैंसियाँ बजेट हाल्यो २र४ दिन अर्का भैंसी गोठाँ बानेर झ्याप,बोटबिरुवाँ पैसाहाल्यो नर्सरिबाटै झ्याप, सडकाँ पैसा हाल्यो नखनेरै झ्याप अरु के के कति कतिको बयान गरम सरकारले आँफुले खान मिल्ने गरा बजेटजति सारा सखाप तर जनतालागि खर्च गरिनु पर्ने शीर्षकका रकमजति सबै फ्रिज ।

यस्तो राम्रो नाम कमाको यो सरकारले अब आउने बजेटाँ त्यस्तो के उधुमै गर्ला र दौडादौड गरेर रकम माग्नु पर्यो र १ हाम्रो क्षेत्रा नेताजी यामलालजी नि बजेट चाईयो भनेर मुख्यमन्त्रीकाँ घुँडा टेक्या देख्खियो । हिजो पनि तपाईं त्यैँ हुनुहुन्थ्यो तपाइँको सरकारले कति रकम छुट्याथ्यो र कति खर्च गर्यो देख्नु भा कै त छनि अनि आजको सरकार पनि त त्यै हो तपाँइहरु न अलग हुनु भा हो ।

यस्तो सरकारसित रकम मागेर त्यो सरकारले काँ रकम दिन्छ र काँ खर्च गर्नु हुन्छ रु करनालीको सरकार चलाउनेहरु केही बनाउन र जोडन आका हैनन यिनिहरु त कर्नालीबाटै रकम लुटेर राजधानीयाँ महल बनाउन आ हुन । ३ वर्षा यिनरले हाम्लाई उनरको निचता देखाई सक्याछन । उनरलाई राजनीति गर्न जनता चाइया छैन यहाँका दुखि गरिब जनता किन्न पैसा चाईयाछ । भष्टाचारका नाममा खाद्य संस्थानका गोदामदेखि कोरोनाका अक्सिजन प्लान्ट समेत खाएर पाहुर काढेर बसीरा छन ।

औपचारिकताका नाममा आउने बजेट भोलिदेखिनै कर्मचारी र मन्त्रीको मिलो मतोमा कोहि भैंसी गोठ त कोहि बाख्रा गोठ अनि कोहि होटेल र कटेजमा बाँडिन्छन । करनालीका जनता पनि यो सरकारले जनताको हितमा बजेटल्याउला , खर्च गर्ला र हाम्रो उन्नति गर्ला भनेर पटक्कै सोचेका छैनन ।

बरु यो कोरोनाले गर्दा आफ्नो कर्मथलो काला पहाडमै पनि काम नपाईने हो कि भनेर चिन्तित छन । त्यसैले यो बजेट आउनु नआउनु कस्तो आउनु कुनै कुरा जनताले सरोकार राख्दैनन । किनभने उनरले बुझ्याछन हिजोको बजेट जसरी कृषि मन्त्री र मुख्यमन्त्रीको भो त्यसैगरि आजको बजेट कुनै मन्त्रीका लागि होला जनताका लागि हुने त हैन ।

यसकारण पनि प्रमुख प्रतिपक्षिदलका नाममा माग्या बजेटको केई अर्थ होला जस्तो मलाई लाग्दैन । ऐलेका चाहे प्रदेशका सरकार हुन वा केन्द्रका यी जनताका निम्ति बनेकै हैनन यी पाटिका नेता र कार्यकर्ता र भष्टाचारी कर्मचारीका लागि बन्या हुन अनि जनताले यिनरुबाट के आश गर्ने । करनालीको बजेट जनतालागि  कौवालाई बेल पाक्यो हर्ष न बिस्माथू भन्या जस्तै हो । अँझ खास भन्नू पर्दा यी भष्टाचारी हरुका हाताट बजेट फुत्कायर जनताको हित र विकासाँ लाउँछु भनेकोू बाघका मुखाट बाख्रो फुत्कायर लैजान्छुू भन्या जस्तै हो ।कसो।

तपाईको प्रतिक्रिया