नेपाली कथानक चलिचत्र ‘टालो’ सार्वजनीक

सुर्खेत । नेपाली कथानक चलचित्र ‘टालो’ सार्वजनीक भएको छ । कर्णालीका विभिन्न पर्यटकिय क्षेत्रहरुमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘टालो’ को आज सोमबार (ओएसआर डिजिटल युटुब) च्यानल मार्फत सार्वजनीक भएको हो ।

गाउँ समाजमा अझैँ पनि अधिकार जमाएर बसेका कुरिति, कुसंस्कार र विषेश गरि महिलाहिंसा र छाउपढिप्रथा जस्ता सामाजिक विकृति, विङ्गती समेटी मुनाफा रहित सामाजिक जनचेतना जगाउँने खालका मुख्य विषय आधारित रहेर चलचित्रको निर्माण गरिएको नायक तथा कक्षा लेखक रिम विश्वकर्माले बताए ।

उक्त चलचित्रमा भएका नृत्यहरुको निर्देशन खगेन्द्र हमालले गरेका छन् । भने पट कथा तथा सम्पादन दीपक श्रेष्ठको रहेको छ । चलचित्रमा मायालु र उठ न उठ गीत गरी दुई वटा गीत समावेश गरिएको छ । चलचित्रमा रिम विश्वकर्मा र अञ्जली खड्काको मूख्य भूमिका रहेको छ ।

चलचित्रमा समावेश गीतहरुमा गायिका मेलीना राई र गायक ऋषि खड्काको स्वर रहेको छ । भने गीतको रचना र संगीत ऋषि खड्काको रहेको छ ।  त्यस्तै द्वन्द्व उत्तम रिमाल, छायाँकन तथा रंग संयोजन योगेश शाक्यले गरेका छन् । निहारीका फिल्मस प्रा.लि को ब्यानरमा निर्माण भएको चलचित्र निर्देशन तथा सम्पादन दीपक श्रेष्ठ रहेको छ ।

चलचित्र 

तपाईको प्रतिक्रिया