बलिउड अभिनेत्री : जसको कारण यी व्यक्तिको वैवाहिक सम्बन्ध तोडियो

एजेन्सी ।

शिल्पा शेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टीका कारण भारतीय व्यवसायी राज कुन्द्राकी पहिलो पत्नी कवितासँग सम्बन्धविच्छेद भएको थियो । शिल्पासँग कुन्द्रा नजिकिएपछि कविताले आफै सम्बन्धविच्छेद गरेकी थिइन् । कवितासँग सम्बन्धविच्छेद भएपछि कुन्द्राले शिल्पासँग विवाह गरे ।

स्मिता पाटिल

कुनै समयकी चर्चित अभिनेत्री स्मिता पाटिलले अभिनेता राज बब्बरसँग विवाह गरेकी थिइन् । स्मिताभन्दा अगाडि सन् १९७५ मा राज बब्बरको नादिरा बब्बरसँग विवाह भएको थियो ।

स्मिताको आगमनपछि राज बब्बरको वैवाहिक जीवनमा खटपट आयो । र सम्बन्ध तोडियो । तर, स्मिताको बच्चा जन्माउँदा आएको समस्याको कारण मृत्यु भयो ।

हेमा मालिनी

बलिउड अभिनेत्री हेमा मालिनी अभिनेता धर्मेन्द्रकी दोस्रो पत्नी हुन् । धर्मेन्द्रले सन् १९५४ मा प्रकाश कौरसँग विवाह गरेका थिए ।

हेमासँग नजिकिँदै गएपछि धर्मेन्द्रले प्रकाश कौरलाई सम्बन्धविच्छेदको लागि आग्रह गरे तर प्रकाशले उनको प्रस्ताव अस्वीकार गरेपछि अभिनेता धर्मेन्द्रले इस्लाम धर्म अंगालेर हेमासँग विवाह गरे ।

शबाना आजमी

कुनै समयकी चर्चित अभिनेत्री शबाना आजमीमाथि जावेद अख्तरको पहिलो विवाह तोडेको आरोप लागेको थियो । जावेद र उनकी पहिलो पत्नी हनी ईरानीसँग खुशीका साथ वैवाहिक जीवन बिताइरहेका थिए । तर शबानाको आगमनपछि उनीहरुको विवाहमा फाटो आयो र सम्बन्धविच्छेद पनि भयो ।

श्रीदेवी

दिवगंत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूर एक अर्कासँग नजिकिँदै गए । बोनी विवाहित थिए । उनको मोना शौरीसँग विवाह भएको थियो । श्रीदेवीसँग नजिकिएपछि बोनीले मोनासँग सम्बन्धविच्छेद गरे । र, श्रीदेवीसँग विवाह गरे ।

लारा दत्ता

बलिउड अभिनेत्री र पूर्व मिस युनिभर्स लारा दत्ताले सन् २०११ म महेश भूपतिसँग विवाह गरिन् । तर, महेशकी पहिलो पत्नी श्वेता जयशंकरले लाराले उनको घर तोडेको आरोप लगाएकी थिइन् ।

रानी मुखर्जी

निर्माता तथा निर्देशक आदित्य चोपडाको पहिलो पत्नी पायल खन्नासँग सम्बन्धविच्छेद भएको थियो । रानी मुखर्जीसँग नजिकिएपछि आदित्य चोपडाले पहिलो श्रीमतीलाई सम्बन्धविच्छेद दिएका थिए । रानी र आदित्यले इटलीमा गएर गुपचुपमा विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया