फिल्म छायाँकार प्रधानको निधन

फिल्म छायाँकार रामशंकर प्रधानको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

७२ वर्षका प्रधानको मृगौला समस्याका कारण लामो समयदेखि डायलासिस हुँदै आएका थियो । ‘त्रिनेत्र’, ‘अजम्बरी नाता’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्म छायाँकन गरेको प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया