राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दियो कलाकारलाई राहत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण अप्ठ्यारोमा रहेका कलाकारलाई राहत वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नाराका साथ प्रतिष्ठानले बिगत केही समयदेखि राहत अभिनय सुरु गरेको हो ।

अहिलेसम्म करिब ७ सय कलाकारलाई राहत बाडेको प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले जानकारी दिए । अहिले आम्दानीको स्रोत नभए र दैनिक गुजारा गर्न अप्ठ्यारोमा रहेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट चामल, दाल, नुन, चिनी, मसला लगायतका अत्यावश्यक सामग्री वितरण गरिरहेको हो । प्रतिष्ठानको राहत पाउनेमा गायक, गायिका, वाद्यवादक, मोडल तथा प्राविधिक समेत परेका छन् ।


राहतका लागि प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब ७ लाख बराबरको सामग्री उपलब्ध गराएका थिए । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करिब १२ लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार