थपिए २९ सय १८ संक्रमित,५१ सय ४७ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४ हजार ८ सय १९ जनाको कोभिड परीक्षण गरिएको छ । पछिल्लो समय पाँच हजार एक सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो अवधिमा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार चार सय ६४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हालसम्म कोरोना संक्रमणबाट पाँच लाख ३६ हजार दुई सय ५२ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

काठमाडौंमा तीन सय ९६,भक्तपुरमा ६६ र ललितपुरमा एक सय ४५ गरी उपत्यकामा जम्मा ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया