मुख्यमन्त्री तथा प्रधानमन्त्री स्वरोजगारको ८ करोड रकम फिर्ज हुँदै

दुर्गा विसि ।

सल्यान । जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाले प्रधानमन्त्री र मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको करिव ८ करोड रकम कामै नगरी फिर्ज पठाउन लागेको छ । करिव मुख्यमन्त्री तर्फको ५ करोड र प्रधानमन्त्री तर्फको ३ करोड रकम गरि ८ करोड रकम यस नगरपालिकामा आएको छ ।

अन्य वजेटको विषयमा नगरले धेरै जानकारी नदिएको र केही योजनाहरु अझै सम्झौताका चरणमै रहेकोले आषाढ मसान्तसम्म जानकारी दिने वताएको छ ।कोभिडका कारण काम नपाएर नागरिक वेराेजगार बनेका छन् । बिहान बेलुकाको छाक टार्न हत्तु हैरानी परेको समयमा नगरले आफ्ना नागरिकको गासको जोह हुने उपाए कामै नगरि खोसिदिएको छ । यस विषयमा स्थानीय वेरोजगारि युवाहरु रुष्ट बनेका छन् ।

दुईदिन भए पनि काम पाए नुनपानिको जोह हुन्थ्यो तर केन्द्र सरकार र प्रदेश सरकारले काम गरि रोजगारका नाममा दिएको यतिठुलो रकम समेत काम नगरि फिर्ज हुदैछ यो हाम्रो लागि दुर्भाग्यपूर्ण भएको वेरोजगारि फारम भरेका तोजबिर सुनारको भनाइ रहेको छ ।आसपासका छिमेकी स्थानीय तहहरुमा भने यो कार्यक्रम अति नै प्रभावकारी बनेको छ । करिव ५० प्रतिशत काम समेत सम्पन्न भएको छ ।

यता बनगाड कुपिण्डेले भने यो दुबै कार्यक्रम फिर्ता पठाउदै छ ।प्रदेश सरका मुख्यमन्त्री स्वरोजगार कार्यलय भने केकति कारणले काम नहुने जानकारी सहित काम नगर्ने भए जतिसक्दो चाडैं पत्रचार गर्न आग्रह गरेको छ । जनप्रतिनिधिहरु भने यश विषयलाई सबै दोष कर्मचारी माथि थुपारेका छन् । रोजगार संयोजक भिम पुनका अनुसार प्रधानमन्त्री स्वारोजगार कार्यक्रमको वनेट मंसिरमै आएको र मुख्यमन्त्री तर्फको अलि ढिलाइ गरि बैशाखमा आएकोले आफुले सबै कागजात सहित योजना शाखाबाट टिप्पणी उठाइ प्रमुख प्रशासकिय अधिकृत मनोर रेग्मीको टेवुलमा पठाएको तर उक्त फाइलको काम अघि नवढि तेहि थन्किएको गुनासो पोखे ।अधिकृत रेग्मीले वजेट ढिलाइ आएको र कोभिडकै कारण काम गर्न नसकिने संकेत जनाए ।

अति विपन्न परिवारका कोभिडले घरमै थुनिएर कामधन्दा नपाइ थन्किएका नागरिकहरुको भने वेलुकि विहानको छाक टार्न हम्मे हम्मे परेको समयमा नगरले भने विभिन्न वहाना बाजि वनाइ अति महत्त्वपूर्ण कार्यक्रम फिर्ता पठाउन लागेको खबरले जताततै विरोध भैरहेको छ ।पटकपटक वस्ने कार्यपालिका बैठकले समेत यश विषयमा ठोस निर्णय नगर्दा नागरिक झन् वेरोजगारि सृजना वढ्ने देखिन्छ ।

राज्यले सधैं यसरी वेरोजगार नागरिकको लागि भनेर पठाएको रकम कामै नगर फिर्ता पठाउने कार्यको यतिखेर चौतर्फी विरोधका आवाज सुनिन थालेका छन् ।काम नगरि फिर्ता जाने यो प्रष्ट थाहा भएको वजेट हो ।अरु अन्य काम नहुने वजेटका विषयमा भने यहाँका नागरिक वेखबर छन् ।रोजगारमुलक वजेट कार्यनयन नहुदा झन वेरोजगारि सृजना वढ्ने देखिन्छ ।

वेरोजगारि फारम भरेका नागरिक समेत काम नपाउदा खिन्नता प्रकट गर्दछ्न ।सरकारको नीति अनुरुप आफुहरुले काम पाउनुपर्ने यहाँका नागरिकको जोडदार माग रहेको छ ।यश तर्फ नत कर्मचारी संवेदनशील भएको भेटि नत जनप्रतिनिधि । रोजगारको कार्यक्रम स्थानीय तहमै लागू गर्नु पर्ने हो । स्थानीय तहले यस्तो कुरामा वढि महत्त्व दिनुपर्ने हो, तर माथिबाट आएको रकम समेत कार्यनयन हुन नसक्नु बनगाड कुपिण्डे नगरपालिकाका जनताको लागि दुखद पक्ष भएको आम स्थानीय नागरिकको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया