कर्णालीमा थप १६१ जनामा कोरोना, एकको मृत्यु

सुर्खेत । पछिल्लो २४ घण्टाभित्र कर्णालीमा थप एक सय ६१ जनामा कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको पुष्टि भएको छ ।

जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट ६२ र एन्टिजेन गर्दा ९९ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

दुई सय दुईजनाको पीसीआर र तीन सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै एक सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतमा एकजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय ८९ पुगेको छ ।

तपाईको प्रतिक्रिया