अनुपम खेरको ३६ घण्टामा कम भए ८० हजार फलोअर्स, ट्वीटरमाथि उठाए प्रश्न

एजेन्सी । बलिउडका दिग्गज नायक अनुपम खेर सोसल मिडियामा सबैभन्दा सक्रिय अभिनेतामध्ये हुन् । धेरैजसो उनी आफ्ना प्रशंसकसँग कुराकानी गरिरहन्छन्, भिडियो, फोटो सेयर गर्छन् ।

इन्स्टामा आफ्नी आमा दुलारीको भिडियो सेयर गरेर प्रशंसकलाई मनोरञ्जन प्रदान पनि गर्छन् । अब अनुपम खेरले दाबी गरेका छन् कि ट्वीटरमा ३६ घण्टामा उनका ८० हजार फलोअर्स घटेका छन् । उनले ट्वीटर इन्डियालाई यसको जानकारी दिएको छ ।

ट्वीटरमा घटे अनुपम खेरका फलोअर्सः

अनुपम खेरले ट्वीट गरेर लेखे, ‘डियर ट्वीटर र ट्वीटर इन्डिया ! पछिल्लो ३६ घण्टामा मेरा ८० हजार फलोअर्स घटेका छन् । के यो तपाईंको एप्लिकेशनमा कुनै खराबीका कारण भएको हो वा अरु केही नै हो ? यो मेरो विचार मात्रै हो कुनै असन्तुष्टि होइन ।’

अनुपम खेरको यो ट्वीटमा धेरैले रियाक्ट गरेका छन् । एक व्यक्तिले लेखे, ‘सर, के थाहा, पछिल्लो ३६ घण्टामा ८० हजार मानिसहरुले तपाईंलाई साँच्चै नै अनफलो गरेका होलान् । ’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘बाँकी अन्य पनि गायब नहोला भन्न सकिन्नँ ।’ यस्तै, अर्का प्रयोगकर्ता लेख्छन्, ‘एक व्यक्तिले अनुपम खेरलाई मोदी जीसँग ट्वीटरमा ऊजुरी गर्नुहोस् ।’

तपाईको प्रतिक्रिया