बाख्रा वितरणमा मापदण्ड नपुगेकाे भन्दै किसानले गरे फिर्ता

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुमपश्चिम को मुसिकोट नगरपालिकाले वितरण गरेको बाख्रा किसानले फिर्ता गरेका छन । बाख्रापालनाका निम्ति भनेर ल्याईएका बाख्रा किसानहरुले नै लिन अस्विकार गरेका छन । बाख्रा मापदण्ड नपुगेकाले किसानले लिन मानेका हैनन ।

आर्थिक बर्ष २०७७र०७८ मा नगरपालिकाले किसानका निम्ति भनेर नगरपालिकाले वितरण गर्न ल्याईएका मध्धे २६ वटा बाख्रा फिर्ता गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेका ठेकेदार कम्पनीले ल्याईएका बाख्रा पालनयोग्य नभएपछी फिर्ता गरिएको नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक सुशील गौतमले बताए ।

गौतमका अनुसार पहिलो चरणमा ५६ वटा बाख्रा मध्धे २६ वटा बाख्रा फिर्ता गरिएको हो । नगरपालिकाले त्यहाका बिभिन्न योजनाको अनुगमन समेत गरेको थियो । कार्यक्रमको लक्ष र उदेश्य बिपरित हुने हरेक खालका अनुगमन गरेर निरुत्साहित गरिने सामाजिक बिकास समितिका सभापति गौतमले जानकारि दिए ।

मुसिकोट नगरपालिका र संघीय सरकार साझेदारिमा किसानलाई आत्मनिर्भर बनाउनको निम्ति र उत्पादनमा जोड्ने उदेश्यले बाख्रापालन राखिएको थियो । यस बर्ष नगरपालिकाबाट १ सय ८० बाख्रा बितरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख देविलाल गौतमको भनाई छ ।

पहिलो चरणमा लयाईका २६ वटा बाख्रा कोहि साना , कोहि बुढो , कोहि निकै धुब्ला र मापदण्ड भित्र नभएकाले किसानसंग सहाकार्य गरेर ल्याउने गरि ठेकेदारलाई नै फिर्ता गरिएको नगरप्रमुख गौतमको भनाई रहेको छ । बाख्रा खरिद र वितरणको लागि केअरफाम नेपाल प्रालि नेपालगंजले सम्झौता गरेको थियो ।

यसका लागि संघीय सरकार र मुसिकोट नगरपालिकाको संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाको टेन्डर गरि सम्झौता समेत भएको थियो । यसमा बाख्रा खरिद , घास , औषधि समेतको व्यवस्थाका लागि बजेट बिनियोजन गरिएको नगरपालिकाको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया