बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ पुगे गण्डकीका विपक्षी सांसद

गोरखा । गण्डकीमा नयाँ सरकार गठनका लागि प्रक्रिया पूरा गर्न विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुगेका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद भर्खरै प्रदेश प्रमुख कहाँ पुगेका हुन् ।

आजै केही घण्टा अघि मात्रै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आव्हान गरेकी थिइन् ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमत पुर्याउनका लागि ३१ सांसद आवश्यक हुन्छ।

जसपाका सांसद हरिशरण आचार्यका अनुसार कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यस गठबन्धनमा सामेल छन्।

तपाईको प्रतिक्रिया