फ्रेञ्च ओपनले महिला एकलमा नयाँ विजेता पाउने

काठमाडौं । फ्रेञ्च ओपन टेनिसमा महिला एकलमा नयाँ विजेता बन्ने पक्का भएको छ । बारबोराले क्रेजिकोभाले अनास्टासिया पभ्ल्युचेन्कोभासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको हो ।

२५ वर्षीय बारबोराले ७-५ ४-६ ९-७ ले मारिया सकारालाई पराजित गर्दै पहिलो ग्रान्डसलामको फाइनलमा स्थान बनाउन सफल भइन् । तीन घन्टा लामो भिडन्तमा उनले बाजी मारिन् ।

बारबोराको जितसँगै महिला एकल तर्फको सेमिफाइनल समिकरण पूरा भएको छ। ३१औ बरियताकी रुसी खेलाडी अनास्टासिया पभ्ल्युचेन्कोभा वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेञ्च ओपनको फाइनलमा स्थान बनाउन यस अघिनै सफल भएकी थिइन् ।

२९ वर्षीय अनास्टासियाले बिहीबार भएको सेमिफाइनलमा स्लोभानियाकी तामरा जिदानसेकलाई सोझो सेटमा पराजित गरिन्। २३ वर्षीय जिदानसेक ७-५ र ६-३ को सेटमा पराजित भइन्। पेभ्ल्युचेन्कोभा यसअघि ग्रान्डस्लाममा क्वाटरफाइनलसम्म पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया