कालिकाेट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा रेडियो सुनथराली एफएम एफ.एम. ९०.६ मेगाहर्जको आरम्भ प्रशारण सेवा शूरु भएको छ । नरहरिनाथ गाउँपालिकाद्धारा संचालित सामुदायिक रेडियो सुनथराली एफ.एम. ९०.६ मेगाहर्ज २६ गतेबाट प्रसारणमा आएर २७ गते नरहरिरनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
रेडियो हस्तान्तरण कार्याक्रमको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रेडियोको ठेक्का प्रक्रियादेखि हालसम्म रेडियो जडान कार्य देखि प्रशारण गर्दा सम्मका गरेका काम, चुनौती र अबका योजना सँगै सुधार्नुपर्ने पक्षको बिषयमा जानकारी रेडियाये जडान प्रक्रियाको ठेक्काको जिम्मा लिनुभएका गंगासागर मिडिया प्रा.लि.का अध्यक्षले सल्लाह समेत दिए ।
रेडियो हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुुख अतिथि धीर बहादुर विष्टले आवाजविहिनको आवाज, समाबेशी आवाज, बिश्वसनियता लगायत खोज मुलक सामाग्री प्रसारण गर्नुपर्ने सुझाब समेत दिए ।
कार्यक्रममा वोल्दै नरहरिनाथ गाउँपाािलकाका उपाध्यक्ष तथा कार्यक्रमका विशेष अथिति मनशोभा बुढाले सुचना, समाचार, ज्ञानविज्ञान र मनोरञ्जनको माध्यमबाट आम स्रोताहरुलाई सुसूचीत गराउने समेत बताएका छन् । यस नरहरिनाथ गाउँपालिकाले संचालनमा ल्याएको रेडियो सुनथराली एफएम आगामी दिनमा थप सशक्तरुपमा आवाजविहिनहरुका आवाज उठाउन सफलहोस भनेर प्रगतिको शुभकामना व्यक्त गरे ।
गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दुुर्गलाल न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर विष्टको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको विशेष आतिथ्यतामा रहेको थियो ।
त्यस्तै अतिथिहरुमा गाउँपालिका प्रशासकीय अधिकृत कविराज न्यौपाने इ. प्र.का कुमालगाउँका प्रहरी प्रमुह लगाएत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै आजै गाउँपालिकाको फिल्ड अर्थात निर्माणधिन गाउँपालिकाको भवनमा सोराज गाडि पुगेपछि विधिवत रुपमा उक्त कार्यक्रम पनि सम्पन्न भएको छ ।
युग संवाददाता । । २८ जेष्ठ २०७८, शुक्रबार १३:१३