अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दा खेलाडीले १० हजार भत्ता पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ। क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो ।

दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो। कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् ।

यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो । यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु पाँच हजार र टी २० प्रतियोगितामा रु तीन हजार पाउनेछन् ।

खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ। घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु पाँच सय भत्ता पाउने क्यानले जनाएको छ ।

क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका छन् ।

तपाईको प्रतिक्रिया