बिहेपछि यामीको हातमा ‘ओ माई गड २’

बलिउडमा अपेक्षित सफलता हासिल गर्न नसकेकी नायिका यामी गौतमले केही दिन अगाडि मात्र बिहे गरिन् । यामीले बिहेको तस्वीर सार्वजनिक गरेसँगै उनका फ्यानहरु आश्चर्यमा परे ।

किनकी, यामीको बिहे र प्रेमको खबर मिडियामा चर्चामा थिएन ।

उनै, यामी बिहे लगतै एक चलचित्रमा देखिने भएकी छिन् । बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘ओ माई गड २’मा यामीले काम गर्ने पक्का भएको छ ।

चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामीको प्रवेशसँगै चलचित्रको टिमअप पुरा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘ओ माई गड’मा कलाकार पारेश रावलको मुख्य भूमिका थियो ।

तर, यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

तपाईको प्रतिक्रिया