महाधिवेशन भदाैमै हुन्छ, कोही भ्रममा नपरौं : देउवा

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीका महाधिवेशन सम्पन्न हुने बताएका छन् । बुधबार विज्ञप्तिमा जारी गर्दै देउवाले आफू पार्टीको १४ औं महाधिवेशन भदाै भित्रै सम्पन्न गर्न पूर्ण प्रतिवद्ध भएर लागेको स्पस्ट पारेका छन् ।

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भदाै महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु,’ देउवाले विज्ञप्तिमा भनेका छन् ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो भन्दै देउवाले आफूले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा राम्ररी बुझेको बताएका छन् ।

तपाईको प्रतिक्रिया