ताजा खबर
  

संविधान पुनर्लेखन गरौं : प्रभु साह

काठमाडौँ । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले संकट समाधान गर्नका लागि संविधान नै पुनर्लेखन गर्नुपर्ने धारण राखेका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता साहले सारा संकटको कारण वर्तमान संविधान नै रहेको जिकिर गरेका छन्। एउटै प्रावधानको विषयमा संविधान निर्माताहरुकै फरक फरक बुझाइका कारण अन्योलता सृजना भई देशमा अराजकता र अस्थिरता बढेको नेता साहको ठहर छ।

संविधान निर्माण गर्ने तक्माधारीहरु नै आफै लेखेको विषयमा विभाजित रहेको बेला अदालतबाट संकट निवारणको अपेक्षा गर्न नसकिने उल्लेख गरे। समग्रमा सम्झौता र भागबण्डामा आधारमा बनेको संविधान र त्यस बमोजिमको वर्तमान व्यवस्था नै संकटको कारक भएकोले संविधान संशोधन नभई समीक्षासहित पुनर्लेखन नै गर्नुपर्नेमा साहले जोड दिए।

‘संवैधानिक प्रावधानहरु बारेको फरक बुझाइले गर्दा देश मुठभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फस्दै गएको सन्दर्भमा गलत प्रवधानहरुलाई सुधार गर्न गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलबाट वर्तमान व्यवस्था नै संकटमा पर्न लागेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुङ्गमा थकेल्नु हो,’ नेता साहले लेखेका छन्,


‘संविधान निर्माणको तक्माधारीहरुले विगतमा गरेका आफ्नो गल्तीप्रति आत्मिलोचित हुँदै देशमा बेथिति, अराजकता, अस्थिरता, अस्तव्यस्तता एवं फोहोरी संसदीय खेलको राईता फैलाउने मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समयसापेक्ष आवश्यक संसोधनरपरिमार्जन गर्नुको सट्टा कुनै पनि बहानामा अहिलेको यस व्यवस्थासँग सती जान खोज्नु वा यसबाट कुनै अद्भूत नतिजाको अपेक्षा राख्नु भनेको बबुर रोपेर आँपको अपेक्षा गर्नुू बराबरको मूर्खता हो। तसर्थ, देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुनर्लेखन जरूरी छ। यसमा सम्बन्धित सबै पक्षको समयमै ध्यान पुगोस्।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार