ताजा खबर
  

मुख्यमन्त्री भट्टलाई मत दिनेलाई कारबाही गर्ने ओली पक्षको तयारी

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षका सात सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लीलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले स्पष्टीकरण सोधेको हो ।


स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ। तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनीसमेत दिइएको छ। भोलि २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन संसदीय दलले निर्देश गरेको छ। अन्यथा दलको विधानअनुसार कारबाही गर्ने बताइएको छ ।

मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए। जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार