यौन दुर्व्यवहारको विरोध

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यवहारको सुर्खेतस्थित विभिन्न संघसंस्थाहरुले विरोध गरेका छन् । सोमवार उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सुर्खेत गुर्भाकोटका युवाहरुले दुई राउटे युवतीलाई मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको घटनाको कडा विरोध जनाएका हुन् ।

विज्ञप्तिमा लोपोन्मुख समुदायमाथि युटुव, टिकट बनाउने निहुँमा दुव्र्यवहार हुने गरेको पाइएकोले बाहिरी संसारका अलग रहेको राउटे युवतीलाई मदिरा खुवाएर अस्मितामाथि खेलवाड गरेकोमा त्यस्तो घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरिएको छ ।

त्यस्ता युटव र टिकटक बनाउनेहरुलाई उनीहरुको समुदायमा पूर्ण प्रतिवन्द लगाउन माग गर्दै विज्ञप्तिमा राउटे युवतीको जीवन रक्षाको माग गर्न र राउटे समुदायको संरक्षण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग अपिल गरिएको छ ।

यसरी माग गर्नेहरुमा मानवअधिकारका लागि महिला एकल महिला समूह, आवाज, दलित महिला संघ, महिला मानवअधिकार रक्षक संजाल, नवज्योति केन्द्र, द्वन्द्वपीडित साझा चौतारी, वाम, स्याक, मानवअधिकार एलायन्स, सुन्दर नेपाल संस्था, संकल्प र इन्सेक रहेका छन् ।

तपाईको प्रतिक्रिया