कोरोनाले मृत्यु हुने ८ हजार नाघे, ५१ सय ५३ संक्रमित थपिए

काठमाडौं । देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । गत २४ घण्टामा एक सय ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन्। १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । काठमाडाैं उपत्यकामा १२ सय २६ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडाैंमा ८ सय ३६, ललितपुरमा २ सय ६९ र भक्तपुरमा १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा छन् भने ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्। उनीहरुमध्ये १३ सय २१ जनाको आइसियु र ३ सय ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया