जिप दुर्घटनामा चालकसहित एक महिलाको मृत्यु

काठमाडौं । पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा सवार सोही गाउँकी २५ वर्षीया सीता अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

खाद्यान्न बोकेर झापादेखि ताप्लेजुङतर्फ गइरहेको प्रदेश नं.०१–००१ च ७६९१ नम्बरको पिकअप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए। उनकाअनुसार पिकअप सडकबाट करिब ५० मिटर तल खसेको छ ।

मृतकको पोष्टमार्टमका लागि पाँचथर अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया