ताजा खबर
  

चीनले तीन वर्षमाथिका बालबालिकालाई खोप लगाउन अनुमति दियो

एजेन्सी । चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि लगाउन मिल्ने कोभिडविरुद्धको खोपलाई आपत्कालीन अनुमति दिएको छ।

चीनको स्वास्थ्य विभागले सिनोभ्याक्य बायोटेकले निर्माण गरेको खोपलाई आपत्कालीन अनुमति प्रदान गरेको हो ।

यसअघि १८ वर्षभन्दा माथिकालाई मात्र खोप लगाउन अनुमति प्राप्त थियो। हाल सिंगापुर हङकङ र अमेरिकामा १२ वर्ष माथिकालाई खोप लगाउन सुरु गरिएको छ ।


३ वर्षदेखि माथिका लागि अनुमति पाएको यो भ्याक्सिनको असरबारे अनुसन्धान के कति भए भन्नेबारे भने त्यति स्पष्ट छैन ।

सिनोभ्याकका सिइयो यिन वाईदोङले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको दाबी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार