ताजा खबर
  

पाकिस्तान : दुईवटा रेल ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते छन् ।

सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एकआपसमा जुधेका थिए । इञ्जिनसमेत तीन डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ र मिल्लत एक्सप्रेस कराचीबाट सरगोधातर्फ जाँदै गर्दा जुधेका हुन् ।

गम्भीर घाइतेहरूको संख्या धेरै रहेकाले मानवीय हताहती बढ्नसक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


रेडियो पाकिस्तानका अनुसार घाइते यात्रीहरूलाई अहिले अस्पतालमा लगिएको छ र डिब्बामै फसिरहेका यात्रुहरूलाई जोगाउन उद्धारकर्ताहरूले अभियान थालेका छन्।

मिल्लत एक्सप्रेसको आठ र सैदय एक्सप्रेसको इञ्जिनसमेत तीनवटा डिब्बा रेलको लिकबाट उछिट्टिएको खबर  छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार