राउटे युवतीमाथि घृणित काय

राउटे समुदाय अहिले पनि मुलधारमा आइसकेको छैन । आफ्नै मौलिक संस्कृति र परम्परामा रमाएको राउटे समुदाय जंगलमा फिरन्ते जीवन विताइरहेका छन् । स्थायी रुपमा बसोबास नगर्ने भएकाले राउटेहरु विभिन्न चुनौती भोग्न बाध्य छन् । विभिन्न रोग र प्राकृतिक विपतसँग जुध्न नसक्दा राउटे समुदायमा मृत्युदर बढ्दो छ ।

यसले उनीहरुको संख्या घट्दै गएको छ । अर्कोतर्फ उनीहरुलाई विभिन्न संस्था र व्यक्तिहरुले राहत उपलब्ध गराउने गरेका छन् । विगतमा जंगलमा शिकार र काठका सामान निर्माण गरेर गुजरा चलाउँदै आएका राउटे हिजोआज परनिर्भर बनेका छन् । कारण उनीहरुलाई भत्ता र राहतको नाममा अल्छी बनाइएको छ । त्यतिमात्र होइन, राउटे समुदायका अधिकांश व्यक्तिहरु मदिराको कुलतमा डुबेका छन् । यसले राउटेकै अस्तित्व संकटमा पर्ने खतरा पनि बढेको छ ।

अर्कोतर्फ आफ्नै समुदायको कडा कानुन र नियममा बाँधीएको यो समुदाय हिजोआज विभिन्न प्रलोभन र कुलतमा फस्न थालेको छ । जंगलबाट सहर र गाउले समुदायसँग घुलमिल हुन थालेको यो समुदायमा पछिल्लो समय अपराध र कुसंस्कार पनि भित्रिन थालेका छन् ।  राउटे समुदाय हिजोआज सहर नजिक छेउमा बस्न थालेका छन् । जंगलमाबनाइएका काठका सामान बिक्री नहुने र जीविकोपार्जनमा नै समस्या हुन थालेपछि यो समुदाय मागेर गुजरा चलाउने अवस्थामा पुगेको छ । यही कारण पनि राउेटहरु बस्ती नजिक बस्न थालेका छन् ।

वस्ती नजिक सरेपछि विस्तारै उनीहरु प्रविधिको पहुँचमा पनि पुग्न थालेका छन् । मदिराको कुलत र प्रविधिको पहुँचका कारण राउटे समुदाय पनि विभिन्न खालका हिंसा र दुव्र्यवहारमा पर्न थालेका छन् । पछिल्लो समय राउेट युवतीहरु यसको शिकार हुन थालेका छन् । बाहिरबाट राउटे बस्तीमा जानेहरुले फोटो  खिच्ने, टिकटक बनाउने नाममा राउटे युवतीहरुमाथि हिंसा गरिरहेका छन् । तर यसतर्फकसैको ध्यान गएको छैन । अझ भनौं राउटे महिला र किशोरीहरु जोखिममा छन् ।

उनीहरुमाथि विभिन्न खालका हिंसा र दुव्र्यवहार हुन थालेका छन् । सुर्खेतको गुर्भाकोटमा मात्र पछिल्लो समय राउटे युवतीहरुमाथि घृणित कार्य भएको छ । आफूलाई आधुनिक समाजमा प्रवेश गरेको ठान्ने सहरियाहरुबाटै अवोध र निरिह राउटे युवतीहरुमाथि दुव्र्यवहार भएको छ ।

राउटे युवतीहरुलाई होटलमा लगेर मदिरा पिलाउने र उनीहरुमाथि दुव्र्यवहार  गरिएको भिडियो भाइरल बनाइएको छ । यो निन्दनीय र अपराधिक कार्य हो । यो घटनालेराउेट समुदायमा के प्रभाव पर्छ ? उनीहरुको मानसिक क्षति र सांस्कृतिक नोक्सानीको क्षतिपूर्ति कसले भर्ने ? वास्तवमा यो घटनाले आधुनिक सहरिया मानव जीवनको चेतना र नैतिकतामागि नै प्रश्न उठेको छ । यो घटनामा संलग्नहरुलाई कानुनी कारबाही हुनै पर्दछ ।

शिक्षा र भौतिक सम्पतीबाट टाढा रहेको राउेट समुदायमाथि हुने यस्ता घटनाले समग्र मानवलाई नै गिज्याएको छ । यसकारण यस्ता हर्कत गर्नेहरुलाई कुनै पनि वहानामा छुटकारा दिइनु हुँदैन । साथै राज्यले यो समुदायको सुरक्षाका लागि पनि अब आनाकानी गर्नु हुँदैन । राउटेले पनि समुदायमा ढुक्कसँग बाँच्न पाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया